Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

इटहरी/ बलिउडको इतिहासमै सबैभन्दा सफल र प्रतिष्ठित फिल्म मानिने ‘शोले’ प्रदर्शन भएको दशकौं बितिसकेको छ, तर यसको जादु अझै उस्तै छ । शुक्रबार काठमाडौंमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन यही जादुमय फिल्मका किस्साहरूले भरिपूर्ण रह्यो । नेपाल पर्यटन बोर्डको हलमा आयोजित ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ सत्रमा बलिउडका भेट्रान निर्देशक रमेश सिप्पी र नेपाली फिल्म क्षेत्रका ‘महानायक’ राजेश हमालबीच करिब एक घण्टा लामो रोचक र गहिरो कुराकानी भयो ।

संवादका क्रममा निर्देशक सिप्पीले ‘शोले’ निर्माणका पर्दापछाडिका थुप्रै रोचक तथ्यहरू दर्शकमाझ बाँडे । उनले प्रख्यात लेखकद्वय सलीम-जावेदसँगको सहकार्यको सम्झना गर्दै भने, “उनीहरूसँग एउटा सानो आइडिया थियो, जुन सुरुमा अरु कसैका लागि सोचिएको थियो । तर, ती व्यक्तिले ‘यो मेरो प्रकारको फिल्म होइन’ भनेर पन्छाएपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीको कथा सुनाए । म साँच्चै भाग्यमानी थिएँ कि ती अद्भुत लेखकहरूसँग मिलेर हामीले एउटा यस्तो स्क्रिप्ट तयार गर्‍यौँ, जसमा सिनेमालाई चाहिने सबै तत्वहरू थिए ।”

महानायक हमालले फिल्म ‘शोले’को तारिफ गर्दै भने, “यो यस्तो अद्भुत फिल्म हो, जसका मुख्य पात्र मात्र होइन, घोडाको नामसमेत दर्शकको मनमस्तिष्कमा अमेट छाप बनेर बसेको छ ।” सिप्पीले स्क्रिप्ट तयार भएको ६ महिनापछि सन् १९७३ अक्टोबर २ बाट फिल्मको छायाङ्कन सुरु भएको जानकारी दिए । सुरुमा जम्मा १ करोड रुपैयाँमा फिल्म सक्ने योजना थियो, तर निर्माण सम्पन्न हुँदासम्म बजेट ३ करोड पुग्यो । मौसमले साथ नदिँदा फिल्मको एउटा मात्रै दृश्य खिच्न २१ दिनसम्म लागेको रोचक तथ्य उनले सुनाए ।

कुराकानीको अन्त्यतिर हमालले एउटा रमाइलो तर गम्भीर प्रश्न सोधे, “यदि यो फिल्म असफल भएको भए के हुन्थ्यो ?” सिप्पीले मुस्कुराउँदै सटिक जवाफ दिए, “म आज यहाँ निफमा हुने थिइनँ !” निफको दोस्रो दिन बलिउड संवादमा मात्र सीमित रहेन । शुक्रबारबाटै महोत्सवमा रुसी र चिनियाँ फिल्महरूको विशेष प्रदर्शनी पनि सुरु भएको छ । फिल्म ‘अगस्ट’ को विशेष प्रदर्शनसँगै रुसी फिल्म महोत्सवको सुरुवात गरिएको छ

ठमेलस्थित छाया सेन्टरमा एक उद्घाटन कार्यक्रमका बीच चिनियाँ फिल्महरूको ‘सिजाङ प्यानोरोमा’ स्क्रिनिङ सुरु भएको छ । आयोजकका अनुसार शनिबार निफको तेस्रो दिनका गतिविधिहरू काठमाडौंका विभिन्न चार स्थानमा सञ्चालन हुनेछन् । सिभिल मल, छाया सेन्टर र रसियन हाउसमा विश्वभरका उत्कृष्ट फिल्महरूको स्क्रिनिङ हुनेछ भने नेपाल पर्यटन बोर्डको हलमा फिल्मसम्बन्धी विविध अन्तर्क्रियात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।

अगाडिकाे पाेस्ट

बलात्कार आरोप प्रभाव: ९० प्रतिशत छायांकन सकिएपछि पाँच पाण्डवबाट ‘बले’ निष्कासित

अर्काे पाेस्ट

सागर लम्साल प्रकरणमा स्वस्तिमाको अपिल: ‘पीडितलाई प्रश्नले नथिचौँ, मानवता देखाऔँ’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana