Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सागर लम्साल प्रकरणमा स्वस्तिमाको अपिल: ‘पीडितलाई प्रश्नले नथिचौँ, मानवता देखाऔँ’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
सागर लम्साल प्रकरणमा स्वस्तिमाको अपिल: ‘पीडितलाई प्रश्नले नथिचौँ, मानवता देखाऔँ’

इटहरी/ पछिल्लो समय मोडल तथा कलाकार सागर लम्साल (बले) माथि लागेको बलात्कारको आरोपले मनोरञ्जन क्षेत्र र सामाजिक सञ्जाल तरंगित भइरहेका बेला अभिनेत्री स्वस्तिमा खड्काले मौनता तोडेर बोल्ने पीडितको पक्षमा उभिन अपिल गरेकी छन् । खड्काले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै अन्यायविरुद्ध बोल्नेको साहसलाई सम्मान गर्न र उनीहरूलाई प्रश्नको साटो आडभरोसा दिन समाजलाई आग्रह गरेकी हुन् ।

घटना भएको लामो समयपछि मात्रै किन उजुरी दिएको वा सार्वजनिक गरेको भनी समाजले गर्ने लाञ्छनायुक्त प्रश्नहरूप्रति असन्तुष्टि व्यक्त गर्दै उनले पीडितको मानसिक सङ्घर्षलाई बुझ्न अनुरोध गरेकी छन् । “हामी कति सजिलै प्रश्न गर्छौँ, ‘एक वर्षसम्म किन नबोलेको ? यतिका समय किन चुप बसेको ?’ तर हामी यो सोच्दैनौँ कि त्यो मौनता तोडेर हिम्मत जुटाउन उनलाई कति ठूलो मानसिक सङ्घर्ष गर्नुपर्‍यो होला,” स्वस्तिमाले आफ्नो स्ट्याटसमा लेखेकी छन् ।

हिंसाविरुद्ध आवाज उठाउनु कमजोरी नभई डर र सामाजिक त्रासलाई जितेर निकालिएको ‘साहसको गर्जन’ भएको उनको भनाइ छ । आफूमाथि भएको अन्यायविरुद्ध बोलिरहेकाहरूलाई समाजले प्रश्नले थिच्नुको साटो साथ दिने बानी बसाल्नुपर्नेमा उनले जोड दिएकी छन् । भोलिका दिनमा यस्तै घटना आफ्नै परिवारमा पर्दा कस्तो महसुस होला भनी समाजको ध्यानाकर्षण गराउँदै उनले लेखेकी छन्, “हामीले जस्तो समाज बनाउँछौँ, भोलि हामी आफैँले त्यही समाजमा बाँच्नुपर्छ । यो कुरा मनन गरौँ, पीडितलाई थप पीडा दिने होइन, न्यायको लागि दह्रो साथ दिने प्रण गरौँ ।”

कानुनी प्रक्रिया र न्याय निरूपणको काम अदालतले गर्ने भए पनि आम नागरिकले मानवता देखाउनुपर्ने स्वस्तिमाको निष्कर्ष छ । उनले आफ्नो सन्देशको अन्त्यमा भनेकी छन्, “रह्यो कुरा न्यायको, त्यो त कानुनले हेर्छ । तर, मानवता हामीले देखाउनुपर्छ ।”

अगाडिकाे पाेस्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

अर्काे पाेस्ट

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’
कलिउड न्युज

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’
कलिउड न्युज

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana