Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एलिना चौहान उत्कृष्ट तीज गायिका हुँदा उत्कृष्ट तीज गीत मोडल महिलातर्फ कविता न्यौपाने

✍ परिकला न्यूज
भदौ २०, २०८१ मा प्रकाशित
एलिना चौहान उत्कृष्ट तीज गायिका हुँदा उत्कृष्ट तीज गीत मोडल महिलातर्फ कविता न्यौपाने

इटहरी/ छायाँछवि क्रियशनद्वारा आयोजित ११औं संस्करणको तीज म्यूजिक अवार्ड २०८१ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले मौलिक तीज गीतको गायिका र उत्कृष्ट तीज गायिकातर्फ एलीना चौहान र शोभा पाण्डेलाई सम्मानित गर्‍यो । एलीना चौहानले आफ्नो लोकप्रिय गीत ‘गम्कीदे मादलु’ बाट उत्कृष्ट मौलिक तीज गायिकाको अवार्ड जितिन् भने शोभा पाण्डेले ‘हरदनि पूजा गर्छु म’ बाट उत्कृष्ट तीज गीत गायिकाको पुरस्कार प्राप्त गरिन् । जुरी अवार्ड भने बिन्दु बिसीले ‘रातो टिकैमा’ गीतबाट जित्न सफल भइन् ।

यस्तै मौलिक तीज गीतको लय विधामा प्रेम सापकोटा सोनुले ‘काली पसमकी डोरी कसम’ गीतका लागि अवार्ड हात पारेका छन् । यस गीतका मोडलतर्फ स्मारिका ढकालले उत्कृष्ट मौलिक तीज मोडलको उपाधि जितिन् । त्यस्तै, उत्कृष्ट तीज गीत मोडल (महिला) विधामा कविता न्यौपानेले ‘नाँच मायाले’ गीतका लागि अवार्ड पाएकी छिन् । जुरी विधामा शीला गजुरेलले ‘तीजको उमङ्ग’ गीतबाट उत्कृष्ट तीज मोडल (महिला) अवार्ड जितिन् ।

यस वर्षदेखि दिवंगत चर्चित मोडल दिपाशा बिसीको स्मृतिमा छायाँछवि क्रियशनले स्थापना गरेको ‘छायाँछवि दिपाशा स्मृति पुरस्कार’ पहिलो पटक प्रदान गरियो । यो प्रतिष्ठित पुरस्कार चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघकी प्रथम अध्यक्ष अञ्जु निरौलालाई प्रदान गरियो । यो सम्मान एघार हजार एक सय एघार रुपैयाँको नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र सहित प्रदान गरिएको थियो । ११औं संस्करणको छायाँछवि तीज म्यूजिक अवार्डले आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तिहरूलाई समेत सम्मानित गर्‍यो ।

मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछवि तीज नारीबाट सम्मान प्रदान गरियो । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियका अनुसार यी व्यक्तिहरूले आफ्नो क्षेत्रमा अद्वितीय योगदान पुर्‍याएका कारण सम्मान गरिएको हो ।कार्यक्रममा तीजसम्बन्धी सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बन्यो । गायिका साहिमा श्रेष्ठ र अञ्जु श्रेष्ठले कार्यक्रमलाई गायन प्रस्तुतीले रोचक बनाए भने, मोडल अश्मिता पुरी, निकिशा श्रेष्ठ र सूर्योदय डान्स स्टूडियोले नृत्य प्रस्तुति दिएका थिए ।

जुरी प्यानलमा गीतकार कृष्णादेवी आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट र पत्रकार दीपज्योति थापा रहेका थिए । यो कार्यक्रमको सञ्चालन दीपज्योति थापाले गरेकी थिइन् । कार्यक्रमको सल्लाहकारको रुपमा भुवन चन्द, बसुन्धरा भूषाल, चैत्यदेवी र देवीका बन्दना उपस्थित रहेका थिए । त्यस्तै, विशेष अतिथिहरूमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, लोक दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्षद्वय दुर्गा रायमाझी र चन्द्र शर्मा, साहित्यकार दामोदर पुडासैनी, कलाकार उत्तम केसी, अभिनेत्री एवं मोडल जेबिका कार्की लगायत विभिन्न सांस्कृतिक र चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो ।

अवार्ड विजेताहरूको सूची:

-उत्कृष्ट तीज गीत एरेञ्जर: विनय कार्की क्षेत्री (तिमी म नाचौं)
-उत्कृष्ट तीज गीत ध्वनी मिश्रण: प्रकाश मिश्र (उनकै नाममा)
-उत्कृष्ट तीज गीत छायाँकार: मुकेश हुमागाई (के लाई पीर लीन्छौ)
-उत्कृष्ट तीज गीत सम्पादक: वीरेन्द्र भाट विपिन (रातो टिकैमा)
-उत्कृष्ट तीज गीत नृत्य निर्देशक: सुरेन्द्र वसेल (तीजको उमङ्ग)
-उत्कृष्ट तीज गीत निर्देशक: श्रीजन बराल (नाँच मायाले)
-उत्कृष्ट तीज मोडल (पुरुष): राहुल श्रेष्ठ (हवाइ जहाज चडेर)
-उत्कृष्ट तीज मोडल (महिला): कविता न्यौपाने (नाँच मायाले)
-मौलिक तीज मोडल: स्मारिका ढकाल (काली पसमकी)
-उत्कृष्ट तीज दोहोरी गीत गायक: राजेश बर्देवा (नाच छम्म छम्म)
-उत्कृष्ट तीज दोहोरी गीत गायिका: अञ्जना सरु (तिमी म नाचौं)
-उत्कृष्ट तीज गीत शब्द: सुमन बैरागी पण्डित (आएन परदेशी)
-उत्कृष्ट मौलिक तीज गीत शब्द: लोकराज अधिकारी (गम्कीदे मादलु)
-उत्कृष्ट तीज गीत लय: शुकदेव अधिकारी (नाँच मायाले)
-उत्कृष्ट मौलिक तीज गीत लय: प्रेम सापकोटा सोनु (काली पसमकी)
-उत्कृष्ट तीज नव गायिका: संजीता खड्का (बालेनको शहर)
-उत्कृष्ट तीज गीत गायिका: शोभा पाण्डे (हरदनि पूजा गर्छु)
-उत्कृष्ट मौलिक तीज गायिका: एलीना चौहान (गम्कीदे मादलु)

अगाडिकाे पाेस्ट

‘केटी हराएको सूचना’को टिजर सार्वजनिक, फिल्म कार्तिक ३० देखी प्रदर्शन हुने

अर्काे पाेस्ट

कम्बोडियामा हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व गर्दै अनिसा पराजुली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana