Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सकियो ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा

✍ सुवास संकल्प
भदौ १०, २०८१ मा प्रकाशित
सकियो ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’को अन्तिम अडिसन, फिनाले दशैँ र तिहारको बिचमा

इटहरी/ इटहरीमा आयोजना हुने ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिताको दोश्रो तथा अन्तिम अडिसन हालै सम्पन्न भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट र ओपन स्पेसको सहकार्यमा आयोजित यस प्रतियोगितामा बालबालिकाले आफ्नो कला र क्षमताको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । शनिबार सम्पन्न दोश्रो अडिसनमा ५० जना बालबालिकाले सहभागिता जनाएका थिए, जसबाट ३० जना प्रतियोगी अन्तिम चरणका लागि छनौट भएका छन् ।

यसअघि सम्पन्न पहिलो अडिसनमा ८० जना बालबालिकाले सहभागिता जनाएका थिए भने जसबाट ५० जनालाई दोश्रो चरणका लागि छनौट गरिएको थियो । अडिसनको निर्णायक मण्डलमा ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिइओ स्मित कार्की, इभेन्ट म्यानेजर सजिना श्रेष्ठ, पेस लक्जरी मेकअप स्टुडियोकि संचालिका प्रिया कार्की र अधिवक्ता आदभ बान्तावा रहेका थिए । निर्णायकहरूको समूहले प्रतियोगीहरूलाई विभिन्न आधारमा मूल्याङ्कन गरी उत्कृष्ट प्रतिभा छनौट गरेको हो ।

अडिसन इटहरीको गोर्खा होटलको सभाहलमा गरिएको थियो । सहभागी बालबालिकाका अभिभावकहरुको समेत उपस्थिति रहेको यस कार्यक्रममा बालबालिकाले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्दै निर्णायकहरूलाई प्रभावित गरेका थिए । छनौट भएका बालबालिकाहरूलाई यहि बिहीबारदेखि इटहरीमै विभिन्न प्रशिक्षण प्रदान गरिनेछ । आयोजकका अनुसार २५ दिन लामो प्रशिक्षण हुनेछ । जसमा व्यक्तित्व विकास, प्रस्तुति कला, आत्मविश्वास अभिवृद्धि, बोल्ने कला, र्याम्प वाल्क र अन्य विभिन्न गतिविधिहरू समावेश गरिनेछन् ।

यस तालिमले बालबालिकाहरूलाई कार्यक्रमको फिनालेको लागी र आफ्नो व्यक्तित्व विकासको लागी समेत महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ । प्रतियोगिताको फिनाले दशैँ र तिहारको बीचमा आयोजना गरिने भएको छ । यस फिनालेमा छनौट भएका प्रतियोगीहरूले तालिम पस्चात आफ्नो अन्तिम प्रस्तुति दिनेछन् । जसबाट ‘मिस्टर एन्ड मिस लिटिल पुर्बेली’को उपाधि विजेता घोषणा गरिनेछ । मिस्टर र मिस तर्फका बिजेताले ३०/३० हजार नगद सहित अन्य धेरै पुरस्कारहरु जित्ने अवसर पाउनेछन् । आयोजकहरूले यो प्रतियोगिता बालबालिकाको व्यक्तित्व विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर, अब असोज ११ गते प्रदर्शन हुने

अर्काे पाेस्ट

फिल्म ‘रावायण’को प्रचारप्रसार तिब्र, कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ८, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana