इटहरी/ भारतको ओडिसास्थित भुवनेश्वरमा अप्रिल १८ मा सम्पन्न ‘६१औं फेमिना मिस इन्डिया वर्ल्ड २०२६’ को ग्राण्ड फिनालेमा सिक्किमकी पासङ दिकीला शेर्पाले ‘टाइम्स मिस मल्टिमिडिया’को प्रतिष्ठित उपाधि जितेकी छन् । उनी निर्माणाधीन नेपाली फिल्म “कुस्ती” मार्फत नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यू गर्ने तयारीमा समेत छिन् । अहिलेको प्रतिस्पर्धात्मक समयमा दर्शकको ध्यान खिच्न डिजिटल मिडियाको भूमिका निर्णायक हुन्छ ।
प्रतियोगिता अवधिभर दिक्किलाले आफ्नो उत्कृष्ट सामाजिक सञ्जाल व्यवस्थापन, कन्टेन्ट प्रस्तुति र फ्यानहरूसँगको अन्तरक्रियामार्फत आफूलाई अब्बल साबित गरिन् । यही बलियो डिजिटल उपस्थितिका कारण उनले ‘मिस मल्टिमिडिया’ को ताज आफ्नो नाममा गर्न सफल भएकी हुन् । यसै उपाधिको बलमा उनले प्रतियोगिताको उत्कृष्ट १५ मा सोझै प्रवेश समेत पाएकी थिइन् ।

यसअघि ‘मिस नर्थ इस्ट इन्डिया २०२६’ को उपाधि समेत जितेकी दिक्किलाले आफ्नो आत्मविश्वास, सौन्दर्य र मञ्चको उत्कृष्ट प्रस्तुतिबाट दर्शक र निर्णायक दुवैको मन जितेकी थिइन् । उनको यो सफलताले सिक्किमलाई राष्ट्रिय मञ्चमा थप चिनाएको छ र युवा पुस्तालाई प्रेरणा दिएको छ । यसैबीच, यस वर्षको ‘फेमिना मिस इन्डिया वर्ल्ड २०२६’ को मुख्य ताज भने गोवाकी साध्वी सैलले पहिरिएकी छन् । उनले अब आगामी विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा महाराष्ट्रकी राजनन्दिनी पवार फस्ट रनर-अप र श्री अद्वैता सेकेन्ड रनर-अप घोषित भए ।
@parikalanewsofficial















Discussion about this post