Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

✍ सुवास संकल्प
भदौ १०, २०८१ मा प्रकाशित
इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

इटहरी/ नगेन कला प्रतिष्ठान पोखराको आयोजनामा ललितकला प्रज्ञाप्रतिष्ठान काठमाडौंमा सम्पन्न ‘कला क्रान्ति अभियान’ अन्तर्गत ललितकला क्षेत्रमा योगदान पुर्याउने उत्कृष्ट सर्जकको जनमतका आधारमा छनौट गरी सम्मान गरिएको छ । देश र विदेशका मतदाताले सामाजिक सञ्जालमार्फत भोटिङ गरेपछि इटहरीका साहित्यिक घर म्याट्रिक्सका सञ्चालक तथा चर्चित कलाकार विक्रमश्रीलाई ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित गरिएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानको अरनिको कक्षमा आयोजित यस कार्यक्रममा प्रमुख अतिथि कर्ण शाक्य, पूर्व कुलपति किरण मानन्धर, कुलपति नारदमणी हार्तम्छाली लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न प्रदेश र क्षेत्रका स्रष्टाहरूको सहभागिता रहेको थियो । विक्रमश्रीले सम्मान प्राप्त भएपछि धेरै संख्यामा जनमतले आफूलाई जिम्मेवारी सहितको अवार्ड दिएको र थप जिम्मेवारी महसुस भएको बताएका छन् । उनले देश तथा विदेशबाट मतदान गर्ने आत्मीयजन, इटहरीबासी, कलाकार साथीहरू, रंगकर्मी, साहित्यकार लगायत सबैलाई आभार प्रकट गर्दै उनीहरूको प्रेम, प्रेरणा र हौसलाको लागि धन्यवाद दिएका छन् । यस अभियानमा तीन चरणमा सामाजिक सञ्जालमार्फत भोटिङ गराइएको थियो ।

गूगल, फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स (ट्विटर) र युट्युब लगायतका प्लेटफर्महरूबाट निःशुल्क भोटिङको व्यवस्था गरिएको थियो । अन्तिम छनौटमा ९० जना सर्जकहरू प्रतिस्पर्धामा थिए । विक्रमश्रीले मूर्तिकार राजु पिठाकोटे, दीपेन्द्र बनेपाली, एनबि गुरुङ्ग, सुनिल पौडेल, शुष्मा राजभण्डारी जस्ता सर्जकहरूसँग प्रतिस्पर्धा गर्दै उच्च मत प्राप्त गर्न सफल भएका थिए । विक्रमश्रीले यस सम्मानलाई केही महिना अगाडि प्रादेशिक ललितकला प्रदर्शनीमार्फत कलाका क्षेत्रमा पुर्याएको योगदानको सफलताको कडीका रूपमा ग्रहण गरेका छन् । उनसँगै, ‘ललितकला हिरक वर्ष नारी’ शुष्मा राजभण्डारी, ‘डायमण्ड वर्ष पुरुष २०७९’ डिल्ली आले लगायतका सर्जकहरूलाई पनि सम्मानित गरिएको छ ।

अगाडिकाे पाेस्ट

झापाका सन्तोष बने ‘मिष्टर नेपाल २०२४’को विजेता, उनलाई मिस्टर वर्ल्डमा जाने अवसर

अर्काे पाेस्ट

कमेडियन सुमन कार्किले गरे कफि खाँदा फोटो खिचेर दिने क्याफेको उद्घाटन

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana