इटहरी/ चर्चित स्ट्याण्डप कमेडियन सुमन कार्कीको उपस्थितिमा शनिबार इटहरी वडा नं. ९ मा सुष्मा कलेजअगाडि नयाँ फोटोकफि क्याफे सञ्चालनमा आएको छ । यस क्याफे ग्राफिक डिजाइनर निरज निरौला र रेनु घिमिरेको लगानीमा स्थापना गरिएको हो । सुमन कार्कीले क्याफेको उद्घाटन गर्दै स्थानीय व्यवसायलाई प्रोत्साहन दिन पाएकोमा खुशी व्यक्त गरे।
फोटोकफि क्याफेमा ग्राहकले स्वादिष्ट कफि पिउँदै आफ्नो सम्झनालाई कैद गर्नका लागि स्तरीय फोटो खिच्न सक्ने सुविधा उपलब्ध छ । कफि पिउदै गर्दा फोटो खिच्न सकिनेछ । क्याफेबाट निस्कदा सो फोटोलाई फ्रेममा हालेर क्याफे समुहले ग्राहकलाई उपलब्ध गराउने छ । ग्राफिक डिजाइनर निरौलाले यस क्याफेले कफि र फोटोग्राफीको अद्वितीय संयोजन प्रस्तुत गर्ने लक्ष्य राखेको बताए ।
क्याफेको स्लोगान नै ‘कफि पनि, फोटो पनि’ राखिएको छ । क्याफे शान्त र शीतल वातावरणमा संचालनमा ल्याईएको छ । जहाँ ग्राहकले आरामदायी समय बिताउन सक्नेछन् । सञ्चालकहरूको विश्वास छ कि इटहरी रंगशाला र कोशी राजमार्ग नजिकै भएको क्याफेले धेरै ग्राहकको ध्यान तान्नेछ ।
साथै, ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै, भविष्यमा विभिन्न खाजाका परिकारहरू पनि उपलब्ध गराउने योजना रहेको छ संचालक निरौला बताउछन् । उद्घाटन समारोहमा उपस्थित इटहरी उपमहानगरपालिका वडा नं. ९ की वडा सदस्य राधिका पौडेलले युवा स्वरोजगारको महत्वमा जोड दिइन् । कार्यक्रममा कमेडियन सुमन गौली सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post