Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

झापाका सन्तोष बने ‘मिष्टर नेपाल २०२४’को विजेता, उनलाई मिस्टर वर्ल्डमा जाने अवसर

✍ परिकला न्यूज
भदौ ९, २०८१ मा प्रकाशित
झापाका सन्तोष बने ‘मिष्टर नेपाल २०२४’को विजेता, उनलाई मिस्टर वर्ल्डमा जाने अवसर

इटहरी/ सोल्टीमोड स्थित होटल सोल्टीमा शनिबार राति सम्पन्न ‘रियलमी मिष्टर नेपाल २०२४’ को भव्य समारोहमा झापाबाट सहभागी भएका सन्तोष लोक्समले उपाधि जित्न सफल भएका छन् । अब यससँगै, उनी ‘मिष्टर नेपाल वर्ल्ड २०२४’को मान्यता प्राप्त गर्दै आगामी नोभेम्बरमा भियतनाममा हुने ‘मिष्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । सन्तोषको विजयसँगै उनले ५ लाख रुपैयाँ मूल्यको पुरस्कार पनि प्राप्त गरेका छन् । साथै, एन्ट फाउन्डेसनले उनलाई सोसल एम्बेसडरको रुपमा पुरस्कार प्रदान गरेको छ ।

यस्तै भक्तपुरका योगेश श्रेष्ठले ‘मिष्टर ग्लोबल नेपाल २०२४’को उपाधि प्राप्त गरे । उनी आउँदो अक्टोबर महिनाको पहिलो हप्ता थाईल्याण्डमा हुने ‘मिष्टर ग्लोबल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् । काठमाडौंका आयुष दुलाल ‘म्यान अफ द वल्र्ड नेपाल २०२४’ का रूपमा चयन भएका छन् र उनी ‘म्यान अफ द वल्र्ड २०२४’मा नेपालको झण्डा फहराउनेछन् । योगेश र आयुषले तीन लाख रुपैयाँ बराबर मूल्यका पुरस्कार पनि पाएका छन् । यता धरानका आदेश प्रधान र हेटौंडाका आयुष बमजन क्रमशः फस्टरनर अप र सेकन्ड रनर अप घोषित भएका छन् ।

‘मिष्टर नेपाल २०२४’ले युवा प्रतिभाको खोजी गर्दै बौद्धिकता, आकर्षण, र आत्मविश्वासको मुल्यांकन गरेको थियो । फाइनल प्रतिस्पर्धामा प्रतियोगीहरूले राइनो लेदरको पहिरनमा प्रारम्भिक प्रस्तुति दिएका थिए, त्यसपछि ब्ल्याकबेरीको मेन्स वेयरमा सजिएर फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित यो राष्ट्रिय स्तरको प्रतियोगितामा ३८ जना युवाहरूको सहभागिता रहेको थियो । निर्णायक प्यानलमा फोटोग्राफर राजभाई सुवाल, युवा उद्यमी टिकाराम बुढाथोकी, अभिनेत्री तथा मोडल नीति शाह, पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, र पूर्व मिष्टर नेपालद्वय डा. रुपक घिमिरे र सन्दिप पोखरेल रहेका थिए ।

विभिन्न विधागत पुरस्कारका विजेताहरूमा आयुष बमजनले रियलमी मोस्ट पपुलर, आदेश प्रधानले पब्लिक च्वाइस, आयुष दुलालले टेनएक्स वेष्ट पर्सनालिटी, पिन्टु सन्यालले टुसाल मोस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठले आर्टसियम मिष्टर फोटोजेनिक, साकार बजिमयले प्रिमेरा मोस्ट इन्टिलेक्चुयल, मनोज गुरुङले बज्र वेष्टफिजिक, सन्तोष लोक्समले ब्ल्याकबेरी म्यान अफ एलिगेन्स, प्रकाश चौहानले योलो मोस्ट एक्टिभ, समिर तिमिल्सिना ले आवरण वेष्ट स्कीन, पियुष श्रेष्ठले जोय मेन च्वाइस, अनिकेत प्रजापति ले श्रीकेश वेष्ट हेयर, सिजल कपालीले राइनो मिष्टर फेसनिष्टा, अग्रज श्रेष्ठले प्रो स्टाइल मिष्टर स्टाइल आइकन, र मनोज गुरुङले केएफसी वेष्ट स्पोर्टस्मेनशीप अवार्ड जितेका छन् ।

यो प्रतियोगिता नेपालमा पुरुषहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमता उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो, जसमा पाइलट, डाक्टर, इन्जिनियर, र चार्टर एकाउन्टेन्टहरू पनि सहभागी भएका थिए ।

अगाडिकाे पाेस्ट

विष्णु माझिको तीज गीतले बनायो नयाँ रेकर्ड, एकदिनमै हेरियो १७ लाख २२ हजार बढि पटक

अर्काे पाेस्ट

इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ८, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana