इटहरी/ हरेक वर्ष गायिका विष्णु माझिको तीज गीतले तहल्का पिटिरहेको हुन्छ । यसपटक डबलअर्थि तथा छाडा तीज गीतहरु बिगबिगी भैरहेको बेलामा सार्वजनिक माझीको नया तीज गीतले रेकर्ड नै कायम गरेको छ । गायिका माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बिहान सार्वजनिक भएको यस गीतले २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढी भ्युज प्राप्त गर्दै एक दिनको अवधिमा सबैभन्दा धेरै हेरिएको नेपाली गीतको कीर्तिमान बनाएको हो ।
यसअघि कुनै पनि नेपालि गीतले एक दिनको अवधिमा यस्तो भ्युज बटुल्न सकिरहेको थिएन । हामीले यो समाचार तयार गर्दैगर्दा भिडियोलाई १७ लाख २२ हजार बढि पटक हेरिएको छ । भिडियोको भ्युज निरन्तर उकालो लागिरहेको छ । यता भिडियोलाई लाईक गर्नेको संख्या पनि १ लाख ३० हजार पुगेको छ भने १५ हजार प्रतिक्रियासम्म पुगेको छ । यस गीतले युट्युबमा केहि समयमै उल्लेखनीय लोकप्रियता प्राप्त गरेको छ, तर ट्रेन्डिङ लिष्टमा समावेश नभएको कुरा भने चासोको विषय हो । विष्णु माझीका अघिल्ला गीतहरू पनि ट्रेन्डिङमा आएका थिएनन । सार्वजनिक यो १७ मिनेट लामो गीत ‘पुलतीको भट्टी’ शृंखलाको २०औं भागको रूपमा आएको हो । हेर्नुस भिडियो
गीतको शब्द र संगीत विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका छन् र आशिष अविरलले एरेन्ज गरेको छ । भिडिओको निर्देशन सुन्दरमणिकै रहेको छ भने मौसम हिमालीको कोरियोग्राफी, ललिता पौडेलको अभिनय, सम्भु चालिसेको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । पछिल्लो समय, विष्णु माझीले बाहिरी गीतमा स्वर नदिए पनि तीजको अवसरमा हरेक वर्ष नयाँ गीत ल्याउँदै आएकी छन् । उनका अघिल्ला तीज गीत ‘चरी जेलैमा’ चर्चित छ, जुन गीत १३ दिनमै करोड क्लबमा प्रवेश गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने अर्को उदाहरण प्रकाश सपुतको ‘सकम्बरी’ हो, जसले एक सातामा एक करोड भ्युज पाएको थियो ।
Discussion about this post