Saturday, May 9, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विष्णु माझिको तीज गीतले बनायो नयाँ रेकर्ड, एकदिनमै हेरियो १७ लाख २२ हजार बढि पटक

✍ परिकला न्यूज
भदौ ९, २०८१ मा प्रकाशित
विष्णु माझिको तीज गीतले बनायो नयाँ रेकर्ड, एकदिनमै हेरियो १७ लाख २२ हजार बढि पटक

इटहरी/ हरेक वर्ष गायिका विष्णु माझिको तीज गीतले तहल्का पिटिरहेको हुन्छ । यसपटक डबलअर्थि तथा छाडा तीज गीतहरु बिगबिगी भैरहेको बेलामा सार्वजनिक माझीको नया तीज गीतले रेकर्ड नै कायम गरेको छ । गायिका माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ बोलको गीतले युट्युबमा नयाँ रेकर्ड कायम गरेको हो । शनिबार बिहान सार्वजनिक भएको यस गीतले २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढी भ्युज प्राप्त गर्दै एक दिनको अवधिमा सबैभन्दा धेरै हेरिएको नेपाली गीतको कीर्तिमान बनाएको हो ।

यसअघि कुनै पनि नेपालि गीतले एक दिनको अवधिमा यस्तो भ्युज बटुल्न सकिरहेको थिएन । हामीले यो समाचार तयार गर्दैगर्दा भिडियोलाई १७ लाख २२ हजार बढि पटक हेरिएको छ । भिडियोको भ्युज निरन्तर उकालो लागिरहेको छ । यता भिडियोलाई लाईक गर्नेको संख्या पनि १ लाख ३० हजार पुगेको छ भने १५ हजार प्रतिक्रियासम्म पुगेको छ । यस गीतले युट्युबमा केहि समयमै उल्लेखनीय लोकप्रियता प्राप्त गरेको छ, तर ट्रेन्डिङ लिष्टमा समावेश नभएको कुरा भने चासोको विषय हो । विष्णु माझीका अघिल्ला गीतहरू पनि ट्रेन्डिङमा आएका थिएनन । सार्वजनिक यो १७ मिनेट लामो गीत ‘पुलतीको भट्टी’ शृंखलाको २०औं भागको रूपमा आएको हो । हेर्नुस भिडियो

गीतको शब्द र संगीत विष्णु माझीका श्रीमान् सुन्दरमणि अधिकारीले तयार पारेका छन् र आशिष अविरलले एरेन्ज गरेको छ । भिडिओको निर्देशन सुन्दरमणिकै रहेको छ भने मौसम हिमालीको कोरियोग्राफी, ललिता पौडेलको अभिनय, सम्भु चालिसेको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ । पछिल्लो समय, विष्णु माझीले बाहिरी गीतमा स्वर नदिए पनि तीजको अवसरमा हरेक वर्ष नयाँ गीत ल्याउँदै आएकी छन् । उनका अघिल्ला तीज गीत ‘चरी जेलैमा’ चर्चित छ, जुन गीत १३ दिनमै करोड क्लबमा प्रवेश गरेको थियो । छोटो समयमा करोड क्लबमा पुग्ने अर्को उदाहरण प्रकाश सपुतको ‘सकम्बरी’ हो, जसले एक सातामा एक करोड भ्युज पाएको थियो ।

अगाडिकाे पाेस्ट

लामो समयपछि एकसाथ पल र मालिका, यी २ मिलेर समाते सहकारी ठग

अर्काे पाेस्ट

झापाका सन्तोष बने ‘मिष्टर नेपाल २०२४’को विजेता, उनलाई मिस्टर वर्ल्डमा जाने अवसर

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स
कलिउड न्युज

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक
कलिउड न्युज

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

✍ परिकला न्यूज
बैशाख १७, २०८३ मा प्रकाशित
0

...

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

दिक्पाल छन्दको गजल ‘सम्झेर प्यार’मा बबिना र राजको स्वर

बैशाख १७, २०८३ मा प्रकाशित
भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

भक्तपुरको गुन्डुमा ‘हावा चल्यो सिरिरी’ : सुरज र अनुको स्वरमा कमल र जुनाको रोमान्स

बैशाख १६, २०८३ मा प्रकाशित
माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

माया, मनमुटाव र बिछोडको कथा बोल्दै आयो रामकृष्ण ढकालको नयाँ गीत ‘नत तिम्रो’

बैशाख १५, २०८३ मा प्रकाशित
टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

बैशाख १५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’

बैशाख २५, २०८३ मा प्रकाशित
प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

प्रकृतिको काखमा अभिनेत्री शिल्पाको विवाह : प्रेमी फ्लावरसँग मुस्ताङमा कसिन् लगनगाँठो

बैशाख २५, २०८३ मा प्रकाशित
विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

विवाद चिर्दै आजबाट प्रदर्शनमा आयो ‘लालीबजार’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

बैशाख २५, २०८३ मा प्रकाशित
आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana