इटहरी/ रियलमी ‘मिष्टर नेपाल २०२५’को फाइनल प्रतिष्पर्धामा ३९ जना छानिएका छन् । देशभर आयोजित अडिसनमा एकहजार बढी युवाले सहभागीता जनाएका थिए । प्रतियोगीताको काठमाडौ र काठमाडौ बाहिर गरेर दुई चरणमा अडिसन भएको थियो । उपत्यका बाहिर गत असार २१ गते झापाबाट सुरु भएको अडिसन इटहरी, हेटौडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरामा आयोजना भएको थियो । जसको निर्णायकमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, रवि धमाला, बिक्रम आदित्य महासेठ, समर्पणजंग कार्की रहेका थिए ।
त्यस्तै काठमाडौमा दोस्रो चरणको अडिसन भएको थियो । जसको निर्णायक नीति शाह, ऋषि धमला, प्रशान्त ताम्राकार, मुनिस गिरी, सन्दीप केसी, प्रियंका रानी जोशी, निमेश कपाली, सरिताश्री ज्ञवली लगायत रहेका थिए । देशभर छरिएर रहेका युवाहरुलाई सहभागीताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशव्यापी अडिसन गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । ‘छनौट भएका सबै प्रतियोगी अव फाइनल प्रतिस्पर्धाका लागि बिभिन्न चरणको प्रशिक्षामा जुट्नेछन्’ धमलाले भने ।
प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिष्टर ग्लोवल २०२५’मा नेपालको प्रतिनिधित्वको अलवा नगद सहित विभिन्न पुरस्कार समेत जित्न सक्नेछन् । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ , फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिंङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो । प्रतियोगीताको विगतका विजेताले बिभिन्न अन्तराष्टिïय पुरस्कार समेत नेपाल भित्र्याउन सफल रहेका छन् ।
Discussion about this post