Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

६ वर्षपछि धरानमा पुन: गुञ्जिदै लोकप्रिय ब्याण्ड ‘कन्दरा’

✍ परिकला न्यूज
बैशाख ५, २०८१ मा प्रकाशित
६ वर्षपछि धरानमा पुन: गुञ्जिदै लोकप्रिय ब्याण्ड ‘कन्दरा’

इटहरी/ आगामी बैशाख ८ गते शनिबार नयाँ बर्ष २०८१ को अवसर पारी धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाईभ इन धरान’ सांगीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिंदैछन् । ६ बर्ष अघि धरानसंगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटे संगै कन्दराले ‘बिचरा म’ बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ।

पचासको दशकदेखिको निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा बिबेक श्रेष्ठको नेपाल आगमन संगै जुर्मुराउदै आइरहेको छ र अब भने कन्दरा पुरै जोशजाँगरका साथ् नया टिमअपमा मैदानमा आउने जमर्को गरिसकेकोच छ। गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा ‘पहिला घरदेश अनि परदेश’ भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ । सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ । यसपछि चितवन, सुर्खेत, नेपालगंज, बुटवल, जनकपुर, काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुना-कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य खम्बा तथा गायक बिबेक श्रेष्ठले बताए ।

‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन’, ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा,’ ‘विदेशीएर गइन् उनी’ ‘भेंडीगोठैमा, प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयाँ गीत ‘विचरा म’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान- कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरन्जन् दिनेछन । यसघि ६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो । कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ । कन्सर्टको साउण्ड, लाइट, स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ । धरानमा अहिले सम्मकै भब्य र सभ्य कन्सर्टको रुपमा आयोजनाको तयारी भैरहेको छ ।

अगाडिकाे पाेस्ट

लोकप्रिय गायिका एलिना चौहानले प्रेमी विष्णुसंग कसिन् लगनगाँठो

अर्काे पाेस्ट

फर्की फर्की ट्रेलर: अनमोल आफुलाई भन्छन् ‘साईको हैन, भगवान्’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana