इटहरी/ कुनै पूर्ण फिल्मको झल्को दिने गरी फिल्मी शैलीमा निर्माण गरिएको ८ मिनेट लामो म्युजिक भिडियो ‘प्रेमको जीत’ दर्शकमाझ आएको छ । प्रेम, रोमान्स र गहिरो विरहलाई पर्दामा कलात्मक ढंगले उतारिएको यो भिडियोले दर्शकलाई एउटा छोटो फिल्म हेरेकै अनुभूति गराउँछ । भिडियोमा नेपाली फिल्मका लोकप्रिय अभिनेता आर्यन सिग्देलको उत्कृष्ट र बेजोड अभिनय देख्न सकिन्छ ।
निर्देशक केशव राज भट्टको निर्देशनमा तयार भएको यस वियोगान्त कथामा आर्यनको साथमा गायक शंकर श्रेष्ठ र मोडल अश्विनी शाहीले स्क्रिन सेयर गरेका छन् । निर्देशक भट्टले भिडियोमा मोडल अश्विनीलाई निकै ‘हट एण्ड बोल्ड’ अवतारमा प्रस्तुत गरेर दर्शकको ध्यान खिच्न सफल भएका छन् । हेर्नुस् भिडियो ।
गीतमा गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको आवाजले विरह र प्रेमको भावलाई न्याय दिएको छ । लेखु सहयात्रीको मर्मस्पर्शी शब्द र संगीत रहेको यस गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङ विषम आचार्यले गरेका हुन् । करण चैसरले खिचेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र कलर गरेका हुन्, जसले भिडियोलाई बलिउड स्तरको लुक्स दिएको छ ।
@parikalanewsofficial
उच्च प्राविधिक गुणस्तर र बलियो कथावस्तु रहेको यस म्युजिक भिडियोलाई गायक श्रेष्ठकै आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सांगीतिक र दृश्यात्मक दुवै पक्षबाट अब्बल मानिएको यो भिडियोले अहिले दर्शकहरूको राम्रो साथ पाउने क्रममा छ ।














Discussion about this post