Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कुन विधामा कस्ले जित्यो विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ ?

✍ परिकला न्यूज
बैशाख २४, २०८० मा प्रकाशित
कुन विधामा कस्ले जित्यो विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ ?


इटहरी/ नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण मानिँदै आएको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ । गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा सम्पन्न गरिएको हो । अवार्ड समारोहबाट गीत संगीतमा अमूल्य योगदान पुर्याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ । त्यसैगरी नगद ५० हजार रुपैयाँसहित गायिका सुकमित गुरूङलाई विन्ध्यबासिनी संगीत साधना सम्मान २०७९ बाट सम्मानित गरिएको छ भने लोकगायक झलकमान गन्धर्वको नाममा यसै वर्ष स्थापित झलकमान लोक सङ्गीत सम्मान २०७९ बाट नगद २५ हजार रुपैयाँसहित बद्री पङ्गेनीलाई सम्मान गरिएको छ ।

समारोहमा लोकगायक पंगेनीले आफुलाई शव्दरुपी सम्मान र माया काफी हुने भन्दै सम्मानवापत प्राप्त २५ हजार रुपियाँ विन्ध्यवासिनी फाउन्डेसनलाई हस्तानतरण गरेका थिए । मुक्तिनाथ बिकास बैंक लिमिटेडको प्रस्तुतिमा सम्पन्न समारोहमा ख्यातिप्राप्त गायक स्व. प्रेमध्वज प्रधानको नाममा स्थापित प्रेमध्वज सङ्गीत रत्न सम्मान २०७९ बाट गायक तथा संगीतकार भबिन ढुङ्गाना र यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९ नगद २५ हजार रुपैयाँसहित नरेश भट्टराईलाई प्रदान गरिएको छ ।

बिभिन्न २१ बिधामा अवार्ड प्रदान गरिएको समारोहमा गिती संग्रह नजर ३ बिमोचन गरिएको थियो भने नजर २ गिती संग्रहको सम्पुर्ण आम्दानी झुम्लावाङ्ग भिलेज फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो । विन्ध्यवासिनी फाउन्डेसनले यसअघि नजर गिती संग्रहबाट सङ्कलित सम्पुर्ण आम्दानी आठ लाख १८ हजार दुई सय ५० रुपैयाँ दुई किस्ता गरी सोहि संस्थालाई हस्तान्तरण गरेको फाउन्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराइन् । समारोहमा सुमनकुमार श्रेष्ठ र अस्मिता परियारले गीत गाएका थिए भने शंकर बिसी र काजिश श्रेष्ठले समूहका साथ एवं लोमश शर्मा र रुविना अधिकारीले युगल नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए ।

बिन्ध्यवासिनी म्यूजिक अवार्ड कस्ले कुन विधामा पाए ?

१. सर्बोत्कृष्ट गीत : गीतकार दिपीका रिमाल थापा – छुटेपछि त छुट्यो
२. सर्बोत्कृष्ट गायन पुरुष (सुगम संगीत): रुपक डोटेल – तिमी बिना
३. सर्बोत्कृष्ट गायन महिला (सुगम संगीत ) : जुनु रीजाल – न दोष तिम्रो न दोष मेरो
४. सर्बोत्कृष्ट संगीत (सुगम संगीत ) : इश्वर अमात्य – अघि बढे भेल बाढी
५. सर्बोत्कृष्ट रचना (सुगम संगीत ) : बि पाण्डे – झुम्के बुलाकि
६. सर्बोत्कृष्ट महिला गीतकार (सुगम संगीत) : प्रभा बर्तौला – एउटा कथा
७. सर्बोत्कृष्ट पप गायन पुरुष : संजीब सिंह – आधा रातमा
८. सर्बोत्कृष्ट युगल गायन : हिमाल सागर र अनु चौधरी – ए होर माया
९. सर्बोत्कृष्ट एरेन्जर : साहास शाक्य – साथले तिम्रो
१०. सर्बोत्कृष्ट लोकदोहोरी गायन (पुरुष): विक्रम परियार – पाखे
११. सर्बोत्कृष्ट लोकदोहोरी गायन (महिला) : सुनिता बुढा छेत्री – रुदै रुदै नौतुना रेलैमा
१२. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (दोहोरी) : स्मृती तिमल्सीना – मकै पिस्ने जाँतो
१३. सर्बोत्कृष्ट लोक दोहोरी भाका : सन्तोष केसी – गुल्मेली हुम कर
१४. सर्बोत्कृष्ट मोडल (लोक दोहोरी) :रुबिना अधिकारी र लोमस शर्मा – बिउरीयो दुई दिने चोला
१५. सर्बोत्कृष्ट मोडल (आधुनिक) : कुमारी बराइली र बिमल अधिकारी – दिलको डायरीमा
१६. सर्बोत्कृष्ट गीत (लोक दोहोरी) : घनश्याम रिजाल – सुन्य भयो डाँडैको चौर
१७. सर्बोत्कृष्ट म्युजिक भिडियो डिरेक्टर (आधुनिक) : रामजी लामिछाने – एउटा कथा
१८. सर्बोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत गीत : हाम्रो देशको सिमाना – अर्जुन कौशल
१९. सर्बोत्कृष्ट भिडियो सम्पादक (एडिटर) : प्रबिण भट्ट – पिर
२०. सर्बोत्कृष्ट छाँयाकार (क्यामेरापर्सन) : अजय रेग्मी – सरानकोटको डाँडैमा
२१. बिन्ध्यवासिनी अन्तर्राष्ट्रिय साधक पुरस्कार : कौशिला खनाल कमाचार्य
२२. पब्लीक च्वाईस अवार्ड : दिपेन्द्र तिमल्सीना
२३. पपूलर अवार्ड : प्रकाश धमला
२४. जूरी अवार्ड म्युजीक भिडियो डिरेक्टरतर्फ : काजीश श्रेष्ठ
२५. जूरी अवार्ड गायनतर्फ : तेजस रेग्मी
२६. जूरी अवार्ड अभिनयतर्फ : बादल धिमिरे
२७. जूरी अवार्ड संगीततर्फ : नरहरी प्रेमी
२८. जूरी अवार्ड गीततर्फ : कमल सरगम

अगाडिकाे पाेस्ट

अभिनेता पुष्प खड्काको फरक अवतार, कविता नेपालिसंग ठुम्का

अर्काे पाेस्ट

किन नेपाल आए बलिउड अभिनेता आमिर खान ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ८, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana