इटहरी/ सन् २०१४ मा नेपाल आएका बलिउड अभिनेता आमिर खान आज पुनः ९ वर्षपछि नेपाल आएका छन् । उनी २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए । हाल भने उनी बुढानीलकण्ठमा रहेको विपस्यना ध्यान केन्द्रको एक विशेष कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
आज आइतबार बिहान १० बजे खान भिस्तारा एयरलाइन्सको प्लेन मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए । त्यहाँ उनलाई स्वागत गर्न केही व्यवसायीहरु पुगेका थिए ।
Discussion about this post