Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज २१ बर्षिया फ्लाविया महर्जनलाई

✍ परिकला न्यूज
पुस २२, २०८० मा प्रकाशित
‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज २१ बर्षिया फ्लाविया महर्जनलाई

इटहरी/ ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को विजेता फ्लाविया महर्जन घोषित भएकी छन् । काठमाडौँकी २१ बर्षिया विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ नेपालको प्रतिनिधित्व गर्नेछिन् । ग्रीनआर्ट मिडियाले राजधानीमा शुक्रबार साँझ आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज सहित इजिप्ट प्रतियोगीताका लागि छनौट भएकी हुन् । कार्यक्रममा महर्जनलाई गतबर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज लगाइदिएकी थिइन् ।

स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल , चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर राज गिरी, संचारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ श्रृष्टि महर्जन, मिस हेरिटेज २०२३ आज्मा महर्जन लगायतको उपस्थिती थियो । कार्यक्रममा गत बर्षकी ‘मिस इको इन्टरनेशनल’ विजेता उप्रेतीले इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल’ नेपाललाई विश्वमा चिनाउने एउटा सुनौलो अवसर भएको बताउदै उक्त मञ्चको महर्जनले राम्रोसँग सदुपयोग गर्ने बताइन् । उप्रेतीले महर्जनबाट ‘मिस इको इन्टरनेशनलको’ ताज नेपाल भित्रिने आस गर्न सकिने धारणा राखिन् ।

विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गर्दै प्रतियोगीतामा जस्तो सुकै चुनौती आएपनि सामना गर्ने धारणा राखिन् । प्रतियोगीतामा आफुले नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् । ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’मा नेपालको नाम राखेर फर्किन बताए ।

अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउनु निकै गौरवको बिषय भएको बताउदै उक्त अवसरको सदुपयोग गर्दै आफ्नो र राष्ट्रको नाम उचो राख्न महर्जनलाई सुझाए । आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । महर्जनलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ ।

ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१४ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन् । मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१४ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।

अगाडिकाे पाेस्ट

रोमाण्टिक मुडमा आर्यन सिग्देल र केकी अधिकारी

अर्काे पाेस्ट

आयोजकद्वारा ‘मिसेस नेपाल वर्ल्ड २०२३’बिजेता पृथ्विया थापालाई इलेक्ट्रिक स्कुटर प्रदान

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’
इभेन्ट

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

✍ परिकला न्यूज
चैत्र २१, २०८२ मा प्रकाशित
0

...

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित
काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

काठमाडौंमा ‘शोले’ निर्देशकको उपस्थिति र इरानी फिल्मको भावुक कथासँगै नवौं ‘निफ’ सुरु

चैत्र २०, २०८२ मा प्रकाशित
एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

एसईई दिने विद्यार्थीका लागि इटहरीमा सुरु हुँदै ‘मिस्टर एन्ड मिस फेस एसईई २०८२’

चैत्र १९, २०८२ मा प्रकाशित
‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

चैत्र १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana