इटहरी/ ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को विजेता फ्लाविया महर्जन घोषित भएकी छन् । काठमाडौँकी २१ बर्षिया विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२५’ नेपालको प्रतिनिधित्व गर्नेछिन् । ग्रीनआर्ट मिडियाले राजधानीमा शुक्रबार साँझ आयोजना गरेको कार्यक्रममा महर्जन ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज सहित इजिप्ट प्रतियोगीताका लागि छनौट भएकी हुन् । कार्यक्रममा महर्जनलाई गतबर्षकी विजेता रक्षा उप्रेतीले ‘मिस इको इन्टरनेशनल नेपाल २०२५’को ताज लगाइदिएकी थिइन् ।
स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित कार्यक्रममा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता हेरिटेज प्याजेन्टका निर्देशक सन्तोष सापकोटा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल , चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर राज गिरी, संचारकर्मी अनुरा भट्टराई, मिस स्टार युनिभर्स २०२३ श्रृष्टि महर्जन, मिस हेरिटेज २०२३ आज्मा महर्जन लगायतको उपस्थिती थियो । कार्यक्रममा गत बर्षकी ‘मिस इको इन्टरनेशनल’ विजेता उप्रेतीले इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल’ नेपाललाई विश्वमा चिनाउने एउटा सुनौलो अवसर भएको बताउदै उक्त मञ्चको महर्जनले राम्रोसँग सदुपयोग गर्ने बताइन् । उप्रेतीले महर्जनबाट ‘मिस इको इन्टरनेशनलको’ ताज नेपाल भित्रिने आस गर्न सकिने धारणा राखिन् ।
विजेता महर्जनले मिस इको आफ्ना लागि एउटा राम्रो अवसर भएको बताइन् । उनले अवसर प्रदान गर्ने ग्रीन आर्ट मिडिया प्रति आभार ब्यक्त गर्दै प्रतियोगीतामा जस्तो सुकै चुनौती आएपनि सामना गर्ने धारणा राखिन् । प्रतियोगीतामा आफुले नेपालका कल्चरल, साँस्कृतिक र पर्यटकीय स्थानको समेत प्रचार गर्ने उनले बताइन् । ग्रीन आर्टस मिडियाका सिइयो प्रविन लाकौलले महर्जनले ‘मिस इको इन्टरनेशनल’मा नेपालको नाम राखेर फर्किन बताए ।
अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले नेपालको प्रतिनिधित्व गरेर अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागी हुन पाउनु निकै गौरवको बिषय भएको बताउदै उक्त अवसरको सदुपयोग गर्दै आफ्नो र राष्ट्रको नाम उचो राख्न महर्जनलाई सुझाए । आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगीतामा ६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहनेछ । प्रतियोगिताका लागि महर्जन नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन् । महर्जनलाई प्रतियोगिताका लागि ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र नेपालका प्रतिष्ठित व्यक्तिहरुबाट ग्रुमिङ गरिनेछ ।
ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ २०१४ देखि मिस इको इन्टरनेशनलको आधिकारिक नेपाल राष्ट्रिय निर्देशकको रुपमा चुनिएकी हुन् । मिडियाको सिइयोमा प्रविन लाकौल रहेका छन् । मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाइजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१४ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरका पर्यावरण र संस्कृतिलाई अन्तर्राष्ट्रिय नेटवर्कमार्फत सूचना प्रवाह गर्ने रहेको छ ।
Discussion about this post