इटहरी/ नायक आर्यन सिक्देल र नायिका केकी अधिकारी अभिनेता ‘तिमि छौ र मेरो मुटु चलेको’ गित सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द रहेको छ भने गितमा अनु चौधरी र मंजेल राईले स्वर दिएका छन् । यस गीतको भिडयोमा नायक आर्यन र केकीलाई रोमान्समा देख्न सकिन्छ । गायक राईकै कम्पोज रहेको गितमा बादल लिम्बुको एरेन्ज, चन्द्र चौधरी मिक्सिङ तथा मास्टरिङ र अनिल रानाको सम्पादन रहेको छ ।
मंजेल राईले आफनै युट्युब च्यानलमार्फत उक्त म्यूजिक भिडियो हिजो सार्वजनिक गरेको हुन् । आर्यन र केकीको जोडी निकै सुहाएको छ भने गित रोमान्टि प्लेवरमा बनेको छ । त्यसैले भिडयोलाई पनि दुई प्रेमी प्रेमिकाको प्रेमलाई देखिएको छ । बादल लिम्बुले निर्देशन गरेका हुन् भने हिमाल श्रेष्ठले खिचेका हुन् ।
Discussion about this post