इटहरी/ बलिउडका किङ खान शाहरुखको आगामी फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक भएको छ । राजकुमार हिरानी निर्देशित फिल्मको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्य र गीतले प्राथमिकता पाएको छ । फिल्म कमेडी जनरामा निर्माण भएको फिल्ममा शाहरुखका अलावा तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ ।
हिरानीको कथा रहेको फिल्म ‘‘डंकी’को ३ मिनेट २१ सेकेन्डको ट्रेलरले फिल्मको केही कथा समेत बोल्ने प्रयास गरेको छ । टेलर सार्वजनिक भएको केहि दिन अर्थात् यो न्युज तयारी पार्दा सम्म यस टेलरले ६८ मिलिएन भ्युज बटुल्दै ट्रेनडीङ्ग को १० औ स्थानमा पुगेको छ ।
राजकुमार हिरानी र गौरी खानको लगानी रहेको यो फिल्म आगामी २१ डिसेम्बर २०२३ अर्थात् यहि पुष ६ मा सार्वजनिक प्रदर्शनमा आउदैछ । शाहरुखको ‘पठान’ र ‘जवान’ भन्दा भिन्न लुक्स रहेको यस फिल्मलाई जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा निर्माण गरिएको हो । हेर्नुहोस् टेलर ।
Discussion about this post