Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गायक सुरज श्रेष्ठको गीत ‘बेनी बजारमा’ सार्वजनिक

✍ परिकला न्यूज
मंसिर २२, २०८० मा प्रकाशित
गायक सुरज श्रेष्ठको गीत ‘बेनी बजारमा’ सार्वजनिक

इटहरी/गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘बेनी बजारमा’ सार्वजनिक गरेका छन् । दीपक शर्माले रचना गरेको यस गीतमा आफूलाई मन परेकी युवतीको प्रेम प्राप्तिको लागि युवकले गरेको प्रयासको भावलाई उतारिएको छ । सुरजको स्वरका लागि दीपकले नै यसमा सङ्गीत दिएका छन् ।

गीतको भिडियोको पृष्ठभूमिमा म्याग्दी जिल्लाको बेनी बजार र आसपास एवम् पर्वत जिल्लाको ऐतिहासिक मल्लाज दरबार तथा कुस्माको शताब्दी घरलाई राखिएको छ । कुमार केसीले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र दिनेश काफ्लेले प्रमुख अभिनय गरेका छन् । अनिल के. मानन्धरको छायाङ्कन तथा मनोज कार्कीले सम्पादन गरेका छन् ।

वि.सं. २०६० देखि गायनमा सक्रिय सुरजको यो १६औँ गीत हो । आफ्नै एल्बमको रूपमा उनले पहिलो पटक २०६९ सालमा ‘सुर हार्मोनिकल नोट’ नामबाट एल्बम बजारमा ल्याएका थिए । उक्त समयमा सो एल्बममा समावेश प्रायः गीतहरू चर्चामा आएका थिए ।

सङ्गीतकारहरू राजु सिंह, सुरेश अधिकारी, अर्जुन पोखरेल, कमलमान सिंह, उदेश श्रेष्ठ, डीजे सन्तोष लगायतको सङ्गीतमा स्वर दिएका श्रेष्ठका जिस्कन्छे मुईयाले, मुद्दा हाल्दिनु, पहिलो माया, भुल्यौ की, लाग्दैन निद्रा लगायतका गीतहरू चर्चित छन् । उनले गायिका मेलिना राईसँग सहकार्य गर्दै अर्को गीतको तयारी पनि गरिरहेका छन् ।

सार्वजनिक गीतबारेमा बोल्दै गायक श्रेष्ठले यो गीत मात्र नभई धेरै युवाको भावना रहेको बताए । “गीत गाउनको लागि मात्र हुँदैनन्, गीतले ठुलो सङ्ख्याको भावनालाई छुन सक्नुपर्छ । यो गीत पनि यस्तै छ”, श्रेष्ठले बताए । पर्वत तथा म्याग्दी क्षेत्रको आन्तरिक पर्यटनमा पनि मद्दत पुग्न सक्ने गरी भिडियोको निर्माण गरिएको उनले बताए । ‘बेनी बजारमा’ गीत भिडियो हेर्नुहोस् ।

अगाडिकाे पाेस्ट

नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

अर्काे पाेस्ट

शाहरुख खान र तापसी पन्नु अभिनित फिल्म ‘डंकी’को ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana