इटहरी/चर्चित बलिउड नायक साहरूख खानले अर्को बर्ष नयाँ फिल्म ‘द किङ्ग’मा काम गर्ने पक्का भएको छ । फिल्म ‘पठान’का निर्देशक सिद्धार्थ आनन्दले निर्माण गर्दैछन् । आनन्दको निर्माणमा तयार हुने फिल्म ‘द किङ्ग’मा साहरूख खानकि छोरी सुहाना खानले मुख्य नायिकाको रुपमा देखिने भएकी छन् । भने आफनै पितासंग मुख्य नायिकाको रुपमा देखिने यो फिल्म उनको पहिलो फिल्म अर्थात् डेब्यु फिल्म पनि हो ।
सुजय घोषको निर्देशन रहने यस फिल्म सस्पेन्स, थ्रीलर कथामा निर्माण हुन लागेको फिल्ममा सुहानाको भूमिका के हुने खुलाइएको छैन । तर, बलिउडका राजा उपनामले चिनिएका साहरूखले फिल्ममा ‘किङ्ग’को भूमिका भने निर्वाह गर्ने छैनन् । फिल्मको शीर्ष भूमिकामा सुहानालाई नै प्रस्तुत गर्न लागिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्मको छायांकन आउँदो बर्षको जनवरी महिनाबाट सुरु हुनेछ । साहरूखको मुख्य भूमिका रहेको अर्को फिल्म ‘डंकी’ क्रिसमसको अवसर पारेर रिलिज हुँदैछ ।
Discussion about this post