Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गीतकार सरला श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

✍ परिकला न्यूज
मंसिर ६, २०८० मा प्रकाशित
गीतकार सरला श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण, ‘ए मेरो मनको राजा’ को प्रीमियर

इटहरी/करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।

यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो ।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । कात्तिक ‌महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् । ‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् । समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् ।

कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ । यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।

मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे । श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’

समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।

अगाडिकाे पाेस्ट

साहरूख खानकि छोरी सुहाना खानले फिल्म ‘द किङ्ग’बाट डेब्यु गर्दै

अर्काे पाेस्ट

पत्रकार हिमेश श्रीमती कुट्ने, कमेडियन हिमेश गाली खाने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana