इटहरी/ हिन्दु नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको सकिएको छ । तिहारको अन्तिम दिनको रुपमा रहने भाइटिका लगाउदै नेपाली सेलेब्रेटीहरुले पनि २०८० को तिहारलाई खुशीसाथ सम्पन्न गरेका छन् । सेलेब्रेटिका दिदी बहिनीहरुले सप्तरंगी टिका लगाइदिएर मनाएका हुन् ।
अभिनेता अनमोल केसी, भुवन केसी, आयुषमान देशराज जोशी, बिराज भट्ट, सिताराम कट्टेल ‘धुर्मुस’, कुमार कट्टेल ‘जिग्री’, सबिन श्रेष्ठ, पल शाहलाई आफ्ना दिदिबहिनीले टीका लगाईदिए ।
यस्तै निर्माता रोहित अधिकारी, सन्तोष सेन, गायक शिव परियार, दुर्गेश थापा लगायतले पनि दिदिबहिनीको हातबाट टीका लगाए । यता अभिनेत्री केकि अधिकारी, वर्षा राउत, प्रियंका कार्की, वर्षा सिवाकोटी, मोडल एलिशा राई, दिपाश्री निरौला, प्रिज्मा-प्रीन्सी खतिवडा, गायिका रचना रिमाल, एलिना चौहान लगायतले आफ्नो दाजुभाइलाई भाईटिका लगाउदै २०८० सालको तिहारलाई बिदाई गरेका छन् । हेर्नुस् तस्वीरहरु :
Discussion about this post