Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नेपालमा टिकटक ब्याण्ड हुनेभएपछी के भन्छन् सेलेब्रेटीहरु ?

✍ सुवास संकल्प
कार्तिक २८, २०८० मा प्रकाशित
नेपालमा टिकटक ब्याण्ड हुनेभएपछी के भन्छन् सेलेब्रेटीहरु ?

इटहरी/ यतिबेला हिन्दुहरुको दोश्रो महान पर्व तिहारको माहौल छ । तर, यो तिहारलाई पनि ओझेल पार्ने गरि टिकटकको माहौल देखिएको छ । नेपाल सरकारले टिकटक ब्याण्ड गर्ने खबर सोमबार सार्वजनिक गरेपछी सामाजिक संजालमा तरङ्ग पैदा भएको छ । यो कुरापछी २ पाटोमा प्रतिक्रियाहरु सार्वजनिक भैरहेका छन् । कसैले ब्याण्ड हुनु राम्रो भनेका छन् भने कसैले राम्ररी टिकटक प्रयोग गरेर व्यवसायको प्रचार र आम्दानी गरिरहनेहरुको लागी सरकारले अंकुश लगाएको भनेर आलोचना गरिरहेका छन् ।

यता सिनेकर्मी तथा कलाकर्मीहरुले पनि आफ्नो आफ्नो अभिव्यक्तिहरु सामाजिक संजालहरुबाट दिइरहेका छन् । हाल प्रदर्शन भैरहेको फिल्म ‘दिमाग खराब’का निर्देशक निस्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले टिकटकमै एक भिडियो लास्ट टिकटक भन्दै पोस्ट गरेका छन् । जहाँ यी २ ले सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले टिकटक ब्याण्ड गर्न लागेको भन्ने बारे भिडियो हेर्दै फिल्म दिमाग खराबको प्रचार गरे । फिल्मले दर्शकको राम्रो साथ पाईरहेको कारण सो अन्तिम टिकटक भिडियोमा सबैलाई धन्यवाद समेत दिए । भेरिफाइड समेत भएको स्वस्तिमाको टिकटक आईडीबाट सो भिडियो पोस्ट गरिएको छ । स्वस्तिमाको टिकटकमा २ लाख ४१ हजार बढी फलोअर्स छन् ।

यस्तै अभिनेता, फिल्म निर्माता तथा सिनेमा हल व्यवसायी दिपक राज गिरिले पनि आफ्नो टिकटक एकाउन्टबाट एक भिडियो पोस्ट गरेका छन् । उनले भिडियोमा बोल्दै ‘बन्द भयो भन्य, बन्द हो कि हैन यसो चेक गर्न मात्रै खोज्या थे मैले खासमा’ भनेका छन् । उनले सरकारललाई व्यंग्य गर्दै ‘राज्यले गरेको निर्णय प्राय: लागू हुँदैन, भा पनि छैन । भैहाल्यो कि भन्ने कन्फ्युजले यसो चेक गर्दै अनि फेरि चलिरारैछ भनेर यो टिकटकको सास चेक गर्न मात्रै आको म” भनेका छन् । उनले सबैलाई तिहारको शुभकामना पनि त्यही भिडियोबाट दिए । दिपकको अफिसियल टिकटक एकाउन्टमा २ लाख ४१ हजार बढी फलोअर्स छन् ।

यता हास्य अभिनेता केदार प्रसाद घिमिरेले पनि ठट्यौली पारामा टिकटक ब्याण्ड हुने कुराको बारेमा आफ्नो प्रतिक्रिया राखेका छन् । उनले सामाजिक संजाल फेसबुकमा “समय क्रमसँगै टिकटक, पिकपक, जिकजक केके आउलान् तिनलाई कानुनको दायरामा ल्याउने हो, बन्द नै गर्ने होइन होला” भन्दै लेखेका छन् । उनले पनि सरकारले गरेको यो निर्णय प्रती व्यंग्य गर्दै “नत्र त करेन्ट लागेर मान्छे मर्यो भनेर बिध्युत प्राधिकरण नै बन्द गर्नुपर्ने हुन्छ ।” भनेका छन् । केदारको पनि टिकटक एकाउन्ट छ । जसमा ३ लाख ८७ हजारबढि फलोअर्स छन् ।

त्यसैगरी कार्यक्रम प्रस्तोतासमेत रहेका फिल्म निर्माता, निर्देशक तथा कलाकार आसिफ शाहले पनि यो विषयमा आफ्नो धारणा सामाजिक संजाल फेसबुकमा राखेका छन् । उनले टिकटक बन्द गर्ने निर्णय गलत छ भन्दै “हाम्रो सरकारले जहिले पनि निर्णय लिने मामलामा फितलो प्रदशन गर्छ र तिब्र आलोचना आईसके पछि सच्चिन्छ। सामाजिक सञ्जालको दुरुपयोग भएको होला तर त्यसको बिकल्प social media platform नै बन्द गरिनु कदापि होईन। यो निर्णय निक्कै बचकाना छ, र यदि “निर्णय फिर्ता” भन्ने खबर सुन्नमा आएमा सरकारको इज्जतको झनै कबाडा हुने निश्चित छ।” भनेर लेखेका छन् । उनको अफिसियल टिकटक एकाउन्टमा ५७ हजारबढी फलोअर्स छन् ।

यता गायिका मेलिना मैनालीले पनि सरकारले ब्याण्ड गर्ने भनेको टिकटकमै एक भिडोयो पोस्ट गरेकी छन् । जहाँ उनले यस्तो भनेकी छन् “म चाहिँ भएभरको टिकटक ड्राफ्टहरु सब हाल्दिन्छु । अब ब्यान्ड भएपनी होस, मलाई त एकदम खुशी लागिराछ । किन कि मान्छेहरूले टिकटक धेरै हेरेर युट्युब हेर्न छोडिहाले । अब हाम्रो नयाँ नयाँ गीतहरु युट्युबमा हेर्दैन मान्छेहरुले । अब टिकटक ब्यान्ड भयो भनेचाहिँ युट्युब हेर्नुहुन्छ सबैजनाले । नया नया गीतहरु सुन्न पाउनुहुन्छ युट्युबमा । टिकटकमा थोरै क्लिप मात्रै सुनेर भाइरल हुँदैन, फुल भिडियो हेरेर मात्रै गीत राम्रो संग चल्छ” । मेलिनाको अफिसियल टिकटकलाई फलो गर्नेहरुको संख्या १ लाख ९६ हजारभन्दा बढी रहेको छ ।

अगाडिकाे पाेस्ट

जाजरकोट भुकम्प पीडितलाई यी चलचित्रकर्मी तथा सम्बद्ध संस्थाको सहयोग

अर्काे पाेस्ट

यस्तो रह्यो २०८० सालको तिहारमा नेपाली सेलेब्रेटीहरुको भाइटिका

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana