इटहरी/ नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पको धक्काले ठूलो जनधनको क्षती भएको छ । उक्त क्षतिमा मह्लम लगाउन यतिबेला संघीय सरकार, प्रदेश सरकार, राजनैतिक दल, विभिन्न संघ संस्था तथा ब्यक्तिहरु जुटिरहेका छन् । यस्तैमा नेपालका सेलेब्रेटीहरु तथा चलचित्रकर्मीहरुका संघसंस्थाहरु पनि सहयोगमा जुटिरहेका छन् । अभिनेता पल शाहले ५० हजार नगद सहयोग गरे । उनले यसअघि पनि सहयोग गर्दै आएको ‘हाम्रो टिम नेपाल’ लाई उक्त रकम हस्तान्तरण गरेका थिए ।
यता फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले पनि आफ्नो कम्पनी आशुसेन फिल्म प्रोडक्सनको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैया सहयोग गरेका छन् । सेनले निधन भएका नेपालिहरु प्रती श्रद्धाञ्जली र घाइतेहरुलाई सिघ्र स्वास्थ्यलाभको कामन गर्दै उक्त सहयोग गरेका हुन् । सो सहयोगसंगै सेनले आगामी फिल्म ‘बलिदान’को प्री-टिजर सार्वजनिकको कार्यक्रम पनि सो बेला स्थगित गरेका थिए । उनको गएको आइतबार टिजर सार्वजनिक गर्ने तयारी गरेका थियो ।
देशमा आइपरेको दुखद अवस्थामा आफुले टिजर सार्वजनिक गर्न नसक्ने भन्दै सो कार्यक्रम स्थगित गरेका थिए भने हाल टिजर सार्वजनिक भैसकेको छ । राहत तथा उद्धार कार्यमा प्रधानमन्त्रीको तर्फबाट भएको एक्शनलाई प्रशंसा गर्दै सेनले नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी तथा अन्य निकाय अहोरात्र खटिरहेको प्रती कृतज्ञ रहेको बताएका छन् । त्यसैगरी कोशी प्रदेशमा स्थापना भएर चलचित्रकर्मीहरुको हकहितमा काम गरिरहेको संस्था ‘नेपाल चलचित्रकर्मी महासंघ’ ले पनि ६० हजार आर्थिक सहयोगको घोषणा गरेको छ ।
यतिबेला महासंघका अध्यक्ष अरुण कुमार प्रधानको सक्रियतामा कार्यसमिति तथा अन्य सहयोगी दाताहरुबाट आर्थिक सहयोग संकलनको कार्य गरिरहेका छन् । घोषणा गरेको रकम जम्मा भएपछि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उनले बताए । त्यस्तै नेपाल चलचित्र कलाकार संघको तर्फबाट २५ हजार र संघका कार्यसमितिका पदाधिकारी तथा सदस्य कलाकारहरूबाट आर्थिक रकम संकलन गरेर जम्मा ३९ हजार ८ सय ३१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । यस्तै हाल प्रदर्शनरत फिल्म ‘परदेशी २’ को तर्फबाट पनि आर्थिक रकम सहयोग भएको छ ।
फिल्मका निर्माता तथा निर्देशक नारायण रायमाझी र निर्माता राजेश बंशलले संयुक्त रुपमा फिल्मका तर्फबाट ५१ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गर्ने निर्णय गरेका हुन् । यस्तै सिस्नुपानी नेपालको तर्फबाट पनि भुकम्प पिडितका लागी आर्थिक सहयोग गरिएको छ । कमेडियन मनोज गजुरेलले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै ५० हजार नगद सहयोग गर्ने बताएका छन् । उक्त सहयोगसंगै यो दु:खद घडी भएका कारण २५ वर्षदेखी हरेक वर्ष तिहारमा सिस्नुपानी नेपालले आयोजना गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम २०८० सालको लागी स्थगित गरिएको जानकारी गराएका छन् । यता चर्चित लोकगायक बद्री पंगेनीले पनि आर्थिक सहयोग गर्ने भएका छन् ।
उनले भुकम्प प्रभावित क्षेत्रमा ठुला नेपाहरु भन्दा त्यो क्षेत्रमा खटिन सक्ने सेना प्रहरी, स्वस्थ्यकर्मी तथा स्वयंसेवकको जरुरत छ भन्दै उनले ब्यक्तिगत तर्फबाट २५ हजार आर्थिक सहयोगको घोषणा गरेका हुन् । यस्तै निर्माणको तयारिमा रहेको फिल्म ‘महाराजधिराज’को तर्फबाट पनि भुकम्प पिडितहरुको लागी आर्थिक सहयोगको घोषणा भएको छ । फिल्मका निर्माता बिराज बिष्टले सामाजिक संजालमा एक स्ट्याटस लेख्दै ६५ हजार ५ रुपैयाँ सहयोग गर्ने जनाएका हुन् । यता नवल खड्का नेतृत्वको नेपाल चलचित्र निर्माता संघले पनि एक बिज्ञप्ति जारी गर्दै १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।
यी सबैगरी हामिले थाहा पाएसम्म कलाकार तथा कलाकार सम्बद्ध संस्थाले ५ लाख बढी आर्थिक सहयोग गर्दैछन् । अझै हामिले थाहा नपाएका तथा बाहिर खुलाउन नचाहेका कलाकारहरु तथा ब्यवसायिक घरानाहरुको सहयोग पनि पक्कै छ । सम्बन्धीत पिडितमा यो सबै रकम वा यसबाट खरिद गरिने खाद्यन्न तथा लत्ताकपडा चाडै पुगोस् । भुकम्पबाट अकालमै ज्यान गुमाउन पुगेका सम्पुर्ण नेपालीप्रती हार्दिक श्रद्धाञ्जली साथै जो घरसंगै कहिले नफर्किने गरि आफन्त लडेर पिडामा हुनुहुन्छ, वहाँहरुप्रती आत्मवल मिल्न सक्ने कामना ।
Discussion about this post