इटहरी/ ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा इटहरीमा जारी ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिताको फोटोसुट तथा भिडियोसुट शनिबार सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल चरणमा पुगेका ६४ जना प्रतियोगीको फोटोसुट सम्पन्न भएको हो । फोटोसुट इटहरीको रोयल रिसोर्टमा सम्पन्न भएको थियो ।
बज फोटोग्राफीका रिकेश ब्रजाचार्य र उनको टिमले फोटोसुट र भिडियोसुटको काम गरेका थिए । यस्तै सहभागी बालबालिकाहरुलाई मार्टिना मेकअप स्टुडियोले मेकअप गरेको थियो । मार्टिना यो कार्यक्रमको अफिसियल मेकअप पार्टनर हो । यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोश्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो ।
प्रतियोगितामा निर्णायक मण्डलले ६४ जना बालबालिकालाई फाइनल प्रतिस्पर्धाका लागि छनोट गरेको थियो । प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । यो प्रशिक्षण कार्यक्रम एकपछि अर्को गर्दै जारी रहेको छ । प्रतियोगिताको ग्राण्ड फिनाले कार्तिकको दोश्रो हप्तामा आयोजना गरिनेछ । बिजेतालाई ३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ ।
Discussion about this post