Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रुकुम मैकोट’गीतमा छमछमी नाचे पुर्व उपराष्ट्रपति नन्द किशोर पुन

✍ परिकला न्यूज
भदौ ३०, २०८१ मा प्रकाशित
‘रुकुम मैकोट’गीतमा छमछमी नाचे पुर्व उपराष्ट्रपति नन्द किशोर पुन

इटहरी/ फिल्म ‘खुस्मा’ संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्म प्रचारप्रसारका लागि मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरी यतिबेला निकै व्यस्त छन् । शनिबार मात्र धिरज ‘नेपाल मगर सांस्कृतिक संघ’ विशेष उपत्यका समितिले आयोजना गरेको खुल्ला मौलिक कौराह (कानराहा) नृत्य प्रतियोगितामा सहभागी भएका थिए । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्द किशोर पुन थिए ।

कार्यक्रममा मगरले जनयुद्धको परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको ‘खुस्मा’ फिल्म हेर्न सबैलाई निम्तो दिए । उनले आफ्नो अघिल्लो फिल्म ‘बाबरी’को समयमा दर्शकबाट पाएको समर्थन सम्झदै यसपटक पनि त्यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए । धिरजले कार्यक्रममा ‘रुकुम मैकोट’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए, जुन दर्शकले निकै रुचाए । प्रमुख अतिथि पुनले अभिनेता मगरलाई मगर सांस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिँदै आगामी फिल्मको सफलताको शुभकामना दिए ।

पुनले पनि मगर संस्कृतिलाई पर्दामा ल्याउन धिरजले गरेको प्रयासको प्रशंसा गर्दै, समय मिलाएर ‘खुस्मा’ हेर्ने प्रतिज्ञा गरे। फिल्मको निर्देशन अशोक थापा मगरले गरेका हुन् । थापाले यसअघि केही डकुमेन्ट्री सिनेमा निर्देशन गरेका भएपनि ठूलो पर्दाको यो उनको पहिलो फिल्म हो । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवबाट नौवटा पुरस्कार जितेका थापा मगर यो फिल्ममा मगर संस्कृतिको गहिराइलाई उजागर गर्न चाहन्छन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर हुन् । सह-निर्मातामा सुस्मिता बुढाथोकी छन् । दिपक बज्राचार्यको छायांकन रहेको फिल्मले यसअघि रिलिज भएका गीत र ट्रेलरले राम्रो चर्चा पाएको छ । ट्रेन्डिङको शीर्ष स्थानमा रहेका यी सामग्रीले दर्शकको उच्च उत्साह देखाएका छन् ।

फिल्ममा धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्ग बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा लगायतका कलाकारको अभिनय छ । जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको प्रेमकथामा आधारित यो फिल्मले युद्धको बीचमा अंकुरिएको प्रेमलाई पर्दामा उतार्नेछ । संगीत एसडी योगी र कोरियाली संगीतकार छान्जु पार्कले दिएका छन् भने फिल्मको वितरण काफिया फिल्म्सका गोविन्द शाहीले गर्नेछन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘तेल भिषा’को दोश्रो गीत सार्वजनिक

अर्काे पाेस्ट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फोटोसुट सम्पन्न

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी
इभेन्ट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana