इटहरी/ ‘तिमीसँग बोल्न मन लाग्यो’ बोलको गीतको भिडियो हालै सार्वजनिक भएको छ । सात वर्षअघि रेकर्ड गरिएको यो गीतलाई गीतकार डब्बु क्षत्रीले रिमिक्स गरेर भिडियोको रुपमा दर्शकमाझ ल्याएका हुन् । क्षत्रीले यस गीतको रचना मात्र होइन भिडियो निर्देशन पनि आफैंले गरेका छन् । गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ भने संगीतकार जुगल डंगोलले संगीत तथा संगीत संयोजन गरेका छन् ।
यस गीतको भिडियो बिन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गायिका सुब्बाले यो गीतको भिडियो संस्करण दर्शकहरूसँग साझा गर्न पाउँदा निकै खुशी लागेको बताएकी छन् । गीतमा प्रेमभावले भरिएको युगल जोडीको कथा प्रस्तुत गरिएको छ, जसलाई भिडियोमा अभिनेता यसराज गराच र ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकीले जीवन्त बनाएका छन् । हेर्नुस भिडियो
म्युजिक भिडियोमा शर्मिलाको अभिनय पहिलो पटक भए पनि परिपक्वता देखिएको छ, जसले दर्शकहरूको मन जितेको छ । यो भिडियो सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायांकन गरिएको हो । गीतकार तथा निर्देशक क्षत्रीका अनुसार ४२ डिग्रीको गर्मीमा छायांकन भए पनि कलाकार र प्राविधिकले उत्कृष्ट काम गरेका छन् । भिडियोको कोरियोग्राफी कृष्ण रसालले गरेका छन् भने छायांकन प्रविण सुवेदीले गरेका हुन् । भिडियोको सम्पादन र रंग संयोजन बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटले गरेका छन् ।
Discussion about this post