इटहरी/ बालबालिकाहरूमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले इटहरीमा आयोजित सौन्दर्य तथा प्रतिभा प्रस्फुटन गर्ने प्रतियोगिता ‘दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५’ को ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ । सुनसरीको इटहरीस्थित एभरेस्ट ब्याङ्कुटमा यही शनिबार आयोजित विशेष समारोहका बीच इशा कोइराला, प्रान्जल रसाइली, केन्शी पोखरेल र सर्भिल खड्काले यस वर्षको ताज पहिरिन सफल भएका छन् ।
ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको यस प्रतियोगितामा ८२ जना आवेदकहरूबाट छनौट हुँदै अन्तिम प्रतिष्पर्धामा पुगेका २३ जना बालबालिकाहरूले २५ दिनको कडा बन्द प्रशिक्षण पश्चात् आफ्नो कौशल फाइनल मञ्चमा प्रदर्शन गरेका थिए । कडा प्रतिस्पर्धाका बीच जुनियरतर्फ इशा कोइराला र प्रान्जल रसाइलीले उपाधि जिते भने प्रि-जुनियरतर्फ सर्भिल खड्का र केन्शी पोखरेल विजेता घोषित भए ।

यस्तै जुनियर प्रिन्सेस तर्फ पृयान्सा बिष्ट फर्स्ट रनरअप र नाताशा राजभण्डारी सेकेन्ड रनरअप बन्न सफल हुँदा प्रि-जुनियर प्रिन्सेस तर्फ पृयान्सा लुइँटेल फर्स्ट रनरअप र शुभ्यानी पौडेल सेकेन्ड रनरअप हुन सफल भईन । यता प्रिन्स जुनियर तर्फ रोचक कार्की फर्स्ट रनरअप र भिक्टर जंग बस्नेत सेकेन्ड रनरअप भए भने प्रिन्स प्रि-जुनियर तर्फ युवराज अग्रवाल फर्स्ट रनरअप र अविरल काफ्लेले सेकेन्ड रनरअपको उपाधि हात पारे ।
@parikalanewsofficial
प्रतियोगितामा बालबालिकाको विशेष क्षमताको कदर गर्दै विभिन्न सब-टाइटल अवार्डहरू वितरण गरियो । जसमा केन्शी पोखरेलले ‘सोसल मल्टिमिडिया अवार्ड’ र अविरल काफ्लेले ‘अडियन्स चोइज अवार्ड’ र ‘बेस्ट स्माइल’ समेत जित्न सफल भए । ‘बेस्ट कल्चरल ड्रेस’ को उपाधि मिङ्शु लिम्बू र श्रियान राजभण्डारीले प्राप्त गरे ।

अन्य सब टाइटल अन्तर्गत मोस्ट ब्युटिफुल सुभ्यानी पौडेल, बेस्ट डिसिप्लिन आर्नभ गौतम र दिब्यन्शा बस्नेत, बेस्ट ट्यालेन्ट इशा कोइराला र प्रान्जल रसाइली, लिटल कन्जनालिटी दिब्या न्यौपाने, मोस्ट क्युट पृयान्सा लुइँटेल, बेस्ट परफमेन्स शेर्या खतिवडा, ब्युटिफुल फोटोजेनिक ग्रेशा चौधरी, बेस्ट इन्टेलिजेन्ट अन्सु कार्की र भिक्टर जंग बस्नेत, मोस्ट हेन्डसम सर्भिल खड्का, ब्युटिफुल चार्मिङ केन्शी पोखरेल, ब्युटिफुल पर्सनालिटी नाताशा राजभण्डारी, मोस्ट ग्ल्यामर्स सुपृया प्रधान, मोस्ट कन्फिडेन्ट युवराज अग्रवाल, ब्युटिफुल वाक पृयान्सा बिष्ट र मिङ्शु लिम्बू, मोस्ट चार्मिङ श्रीयान राजभण्डारी, स्मार्ट वाक रोचक कार्की, फ्रेन्डसिप अवार्ड बिभसिका काफ्ले र सशृत तिमल्सेना ले हात पारे ।

ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बालबालिकाको क्षमता विकासका लागि संस्थाले विगत दुई दशकदेखि निरन्तर यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रतियोगिताको प्रमुख निर्णायकमा फेसन डिजाइनर रुपा थापा, शिक्षासेवी मिनु न्यौपाने र सामाजिक अभियन्ता एवं ब्युटिसियन पुजा भट्टराई रहेका थिए । मोडल अन्शु श्रेष्ठको कोरियोग्राफीमा बालबालिकाहरूले र्याम्प नापेका थिए ।

ग्ल्यामरस नेपालकी सञ्चालिका कबिता ज्वयल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा इटहरीका वरिष्ठ संगितकर्मि राजु के.सी. प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा विशिष्ट अतिथिहरू शिक्षासेवी ज्ञानेन्द्र दाहाल, वरिष्ठ संस्कृतिविद् डा. भक्त राई, साहित्यकार बसन्त मुकारुङ, नेवा: देय दबु कोशी प्रदेश सचिवालय सदस्य कालिदास श्रेष्ठ, सुनचाँदी व्यवसायी संघ कोशीका सचिव कुमार श्रेष्ठ, तथा सामाजिक अभियन्ताहरू सरु आङ्देम्बे, दुर्गा पौडेल र तीर्थ घिमिरेको उपस्थिति रहेको थियो ।

यसैगरी, इटहरी लेडिज जेसिज वर्ष २०२५ की अध्यक्ष लक्ष्मी बराल, ब्लुमिङ किन्डर गार्डेनकी प्रिन्सिपल स्मृति सापकोटा भट्टराई, ग्रीन गार्डेनकी प्रिन्सिपल तारा श्रेष्ठ, लालिगुराँस एकेडेमीकी मुना कार्की, ममता किन्डर गार्डेनकी सुनिता सुवेदी र मन्जु अधिकारी लगायतका शैक्षिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा ग्रीन गार्डेन मन्टेश्वरी स्कुलका विद्यार्थीहरूले आकर्षक सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
















Discussion about this post