इटहरी/ प्रेममा परेपछि मान्छेले कतिसम्म गर्छ ? भनिन्छ नि, प्रेमको सुरुवात नै ‘फकाउनु’ बाट हुन्छ । हो, ठ्याक्कै यही रमाइलो प्रेमिल दृश्यलाई अभिनेता विनय श्रेष्ठ र अभिनेत्री आना शर्माले पर्दामा जीवन्त बनाएका छन् । आउँदो माघ २३ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ले आफ्नो दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक गरेको छ, जहाँ विनय र आनाको लोभलाग्दो नोकझोक र रोमान्स देख्न सकिन्छ ।
बुढासुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको यो गीतमा विनयले आनालाई फकाउन गरिरहेको प्रयास र आनाको ‘इग्नोर’ गर्ने बानीलाई रमाइलो ढंगले देखाइएको छ । भिडियो हेर्दा प्रष्ट हुन्छ– यो गीत फिल्ममा उनीहरूको प्रेम यात्राको प्रस्थान विन्दु हो । गीतको भिडियोमा कृतिका बरालको कोरियोग्राफी, जेनिश र प्रयत्नको छायांकन रहेको छ । हेर्नुस् भिडियो ।
@parikalanewsofficial
रोमान्टिक शैलीको यस गीतमा पछिल्लो समयका चर्चित गायक तथा संगीतकार महेश काफ्लेको शब्द, संगीत र स्वर सुन्न सकिन्छ । उनलाई गायनमा सुरिलो स्वरकी धनी अस्मिता अधिकारीले साथ दिएकी छिन् । शिरो फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा विनय र आनाका अलवा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरूको अभिनय छ ।
@parikalanewsofficial
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ र कुशल पोखरेलको संगीत पनि सुन्न पाइनेछ । सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले एक युवतीको प्रेम भावनालाई निकै सुक्ष्म र संवेदनशील रूपमा प्रस्तुत गरेको छ । फिल्मको निर्माता सागर लम्साल हुन् भने कार्यकारी निर्माता आना शर्मा र सन्तोष लम्साल रहेका छन् । एसोसियट निर्माता आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने हुन् ।















Discussion about this post