Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

राजनीतिको ‘फोहोरी खेल’ विरुद्ध ‘बिगुल’ फुक्दै बेनीशा र नरेन: सार्वजनिक भयो ट्रेलर

✍ परिकला न्यूज
पुस २१, २०८२ मा प्रकाशित
राजनीतिको ‘फोहोरी खेल’ विरुद्ध ‘बिगुल’ फुक्दै बेनीशा र नरेन: सार्वजनिक भयो ट्रेलर

इटहरी/ आगामी माघ ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘बिगुल’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक झन्डै तीन मिनेट लामो ट्रेलरले समाजमा व्याप्त राजनीतिक बेथिति र नागरिकको छटपटीलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ । ट्रेलरले सत्ताको लुछाचुँडी, नेतृत्वको गैरजिम्मेवारीपन र त्यसको मारमा परेका आम सर्वसाधारणको कथालाई समेटेको छ ।

पटक–पटक धोका पाएका युवा पुस्ता र कुर्सी मोह नछाड्ने पुराना नेताहरूबीचको वैचारिक टकराव ट्रेलरमा देखिन्छ भने परिवारभित्रको द्वन्द्व र निमुखा जनतामाथि भइरहेको राजनीतिक खेलबाडलाई मुख्य कथा बनाइएको छ । आसन्न निर्वाचनको पृष्ठभूमिमा तयार पारिएको यो फिल्मले “कस्तो नेतृत्व चुन्ने ?” भन्ने गम्भीर प्रश्न दर्शकमाझ छाडेको छ । हेर्नुस् ट्रेलर ।

निर्देशक रमेश कोइरालाको निर्देशनमा तयार भएको यस फिल्ममा कलाकारहरूको बलियो उपस्थिति देखिएको छ । बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपानेले युवा आक्रोशलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यस्तै सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह, हेमन्त बुढाथोकी जस्ता दिग्गज कलाकारहरूको साथले फिल्मलाई थप ओजिलो बनाएको छ । रविन्द्र खड्का विशेष भूमिकामा छन् भने मिरा पण्डितले यसै फिल्मबाट डेब्यु गरेकी छन् ।

@parikalanewsofficial

दिनेश कोइरालाको कथा र निर्माणमा बनेको ‘बिगुल’ मा प्राविधिक पक्ष पनि उत्तिकै सबल देखिन्छ । रोचक कुरा त के छ भने, यसका गीतहरूमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ । शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । “यो फिल्म मनोरञ्जनका लागि मात्र नभई सामाजिक चेतना र सही नेतृत्व चयनका लागि एक झक्झक्याउने माध्यम बन्नेछ,” निर्देशक कोइराला भन्छन् ।

अगाडिकाे पाेस्ट

हिन्दी गीतको भिडियोमा गरिमा शर्मा र रोशन अधिकारीको जम्यो केमेस्ट्री

अर्काे पाेस्ट

वेब सिरिज ‘सत्य सावित्री जब सेन्टर’का लागि कलाकारको खोजी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana