Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘बिगुल’को प्रचार कोशी प्रदेशको इटहरीबाट सुरू, इटहरी जेसिजको साथ

✍ परिकला न्यूज
पुस २२, २०८२ मा प्रकाशित
फिल्म ‘बिगुल’को प्रचार कोशी प्रदेशको इटहरीबाट सुरू, इटहरी जेसिजको साथ

इटहरी/ राजनीतिक बेथिति र नेतृत्वको लडाइँको कथा बोकेको प्रतिक्षित नेपाली फिल्म ‘बिगुल’ले कोशी प्रदेशबाट आफ्नो देशव्यापी प्रचारप्रसार अभियानको शंखघोष गरेको छ । आगामी माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो फिल्मको टोली यतिबेला कोशी प्रदेशको ‘हब’ इटहरी आइपुगेको छ । मंगलबार बिहान इटहरीस्थित जेसिस भवनमा आयोजित एक कार्यक्रमका बीच फिल्मको प्रचार अभियान शुभारम्भ गरियो ।

इटहरी जेसिजको आयोजना तथा व्यवस्थापनमा भएको उक्त कार्यक्रममा जेसिज र जुनियर जेसिजका युवाहरूको उपस्थिति रहेको थियो । कोशी प्रदेशमा करिब ३ देखि ४ दिनसम्म बसेर आक्रामक प्रचारप्रसार गर्ने योजनासहित फिल्मका लेखक तथा निर्माता दिनेश कोइराला र निर्देशक रमेश कोइरालाको टोली पूर्व आइपुगेको हो । पछिल्लो समय देशमा देखिएको युवा वितृष्णा र आन्दोलनको झझल्को दिने फिल्मको कथाबारे निर्माता दिनेश कोइरालाले प्रष्ट्याएका छन् ।

टिजर तथा ट्रेलर सार्वजनिक भएपछि धेरैले यसलाई हालैको ‘जेनजी’ आन्दोलनबाट प्रभावित ठाने पनि निर्माता कोइरालाले यो केवल एक संयोग मात्र भएको बताए ।
कार्यक्रममा बोल्दै उनले भने, “फिल्मको छायांकन गत बैशाखबाटै सुरु गरिएको हो, त्यसैले यो आन्दोलनपछि कोरिएको कथा होइन । तर, फिल्मले उठाएको मुद्दा र अहिलेको सडकको आवाज मेल खानु भने संयोग हो । ‘बिगुल’ मनोरञ्जन मात्र नभई सामाजिक चेतना र सही नेतृत्व चयनका लागि एक झक्झक्याउने माध्यम बन्नेछ ।”

@parikalanewsofficial

गत आइतबार सार्वजनिक ३ मिनेट लामो ट्रेलरले दर्शकमाझ गम्भीर प्रश्न छोडेको छ । ट्रेलरमा सत्ताको लुछाचुँडी, पुराना नेताको कुर्सी मोह र पटक-पटक धोका पाएका युवा पुस्ताको आक्रोशलाई देखाइएको छ । परिवारभित्रको द्वन्द्व र निमुखा जनतामाथिको राजनीतिक खेलबाडलाई मुख्य विषय बनाइएको यो फिल्मले आसन्न निर्वाचनको परिवेशलाई समेट्दै “अब कस्तो नेतृत्व चुन्ने ?” भन्ने बहस सिर्जना गरेको छ । फिल्मको अर्को रोचक पक्ष यसको संगीत हो । फिल्मका गीतहरूमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ ।

दिनेश कोइरालाको कथा र निर्माणमा बनेको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । फिल्ममा युवा पुस्ताको प्रतिनिधित्व गर्दै बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपानेले अभिनय गरेका छन् भने दिग्गज कलाकारहरू सरोज खनाल, रमेश बुढाथोकी, नीर शाह र हेमन्त बुढाथोकीको अभिनयले फिल्मलाई ओजिलो बनाएको छ ।
शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाज र मौनता श्रेष्ठले तयार पारेका हुन् । फिल्ममा मिरा पण्डितले डेब्यु गरेकी छन् भने रविन्द्र खड्का विशेष भूमिकामा देखिनेछन् ।

अगाडिकाे पाेस्ट

‘जुनी भर’को कसम खाँदै आनाको पछि लागे विनय, देखियो गजबको केमेस्ट्री

अर्काे पाेस्ट

रोहितले ‘छ माया छपक्कै २’ बनाउने, अन्ततः दीपक-दीपाको क्याम्पमा फर्किए जितु नेपाल

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना
कलिउड न्युज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा
कलिउड न्युज

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित
माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माओत्से गुरुङको ‘पेन्सन पट्टा’ ३३ दिनमै प्याकअप

माघ ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana