Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

इटहरी/ नेपाली फिल्म क्षेत्रमा स्टारडम अर्थात् चलेका अनुहार मात्र बिक्छ भन्ने भाष्यलाई सोमबार साँझ ललितपुरको लविम मलमा आयोजित एक प्रिमियरले गलत साबित गरिदिएको छ । सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को प्रिमियर शो सकिँदा हलमा उपस्थित फिल्मकर्मी र सञ्चारकर्मीको मुखमा एउटै बोली थियो– “फिल्ममा स्टार होइन, कलाकार र कथाको जित भएको छ ।”

यही बिहीबारबाट प्रदर्शनको तयारीमा रहेको सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु : च्याप्टर–१’ ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ । प्रिमियरपछि बोल्दै अभिनेता दिव्यदेव पन्तले फिल्मको मेकिङ र कास्टिङको खुलेर तारिफ गरे । उनले निर्माता विनोद पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यसमा पनि बजारका ‘स्टार’ को पछि नलागी ओझेलमा परेका तर अब्बल कलाकारहरूलाई (अन्डररेटेड) विश्वास गरेको बताए ।

“विनोद दाइले स्टार खोज्नुको साटो राम्रो कलाकार र बलियो कथामा लगानी गर्नुभएको छ, जसको प्रतिफल पर्दामा देखिन्छ,” दिव्यदेवले भने । साथै, उनले नेपाली फिल्ममा महिला पात्रलाई प्रस्तुत गर्ने परम्परागत शैलीलाई यो फिल्मले तोडेको भन्दै कथावस्तुको प्रशंसा गरे । यस्तै धारणा निर्देशक सोभित बस्नेतको पनि थियो । “पहिला स्टारका फिल्म चल्थे, अहिले कलाकारका फिल्म चल्न थालेका छन्,” बस्नेतले भने, “अभिमन्युमा कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार हुनुहुन्छ । दर्शकले अब अनुहारभन्दा प्रतिभा रोज्न थालिसके ।”

फिल्मको सबैभन्दा बलियो पक्ष यसको सस्पेन्स र थ्रिलर भएको प्रतिक्रिया धेरैले दिएका छन् । मोडल तथा अभिनेत्री एलिशा बास्तोलाले फिल्म हेर्दा आफूलाई ‘ब्लकबस्टर’ हुने महसुस भएको बताइन् । उनले भनिन्, “हामीले साउथ इन्डियन फिल्म जसरी कौतुहलताका साथ हेर्छौं, यो फिल्मले पनि ‘अब के हुन्छ ?’ भन्दै अन्तिमसम्म त्यसरी नै बाँधेर राख्छ ।”

@parikalanewsofficial

अर्की अभिनेत्री रुषा न्यौपानेले नेपालमा चलिरहेको ‘फ्यामिली ड्रामा’ को ट्रेन्डभन्दा फरक स्वाद यो फिल्मले दिने बताइन् । हास्य कलाकार भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर विषयलाई सस्पेन्सको माध्यमबाट सशक्त ढंगले उठाएको प्रतिक्रिया दिए । लामो समयको संघर्षपछि मुख्य भूमिकामा देखिएका अभिनेता कामेश्वर चौरसिया प्रिमियरमा निकै भावुक देखिए । आफ्नो अभिनय यात्रालाई सम्झिँदै उनले भने, “कलाकार बन्न त सकिँदो रहेछ, तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज (स्क्रिप्ट) नै चाहिँदो रहेछ । मैले अहिलेसम्म जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ ।”

फिल्मकी अभिनेत्री लक्ष्मी बर्देवाले सुटिङका क्रममा आफू गर्भवती रहेको खुलासा गरिन् । शारीरिक अवस्था जटिल हुँदाहुँदै पनि फिल्मको स्क्रिप्ट र टिममाथिको विश्वासले काम गरेको उनले बताइन् । “सुरुमा स्क्रिप्ट पढ्दाभन्दा पर्दामा फिल्म हेर्दा अझ राम्रो बनेको पाएँ,” उनले भनिन् । अभिनेत्री सरिता गिरीले पुरुष प्रधान उद्योगमा महिला केन्द्रित कथा आउनु र त्यसमा पुरुष पात्रहरूले साथ दिनु सुखद पक्ष भएको बताइन् ।

सुशान्त गौतमको निर्देशन र मुकेश खनालको लेखन रहेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतको मुख्य भूमिका छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स र शरद महतोको छायांकन छ । नेपाली र हिन्दी दुवै भाषामा तयार भएको ‘अभिमन्यु : च्याप्टर–१’ नेपालका साथै विश्वभर एकसाथ रिलिज हुँदैछ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

अर्काे पाेस्ट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’
कलिउड न्युज

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

✍ सुवास संकल्प
बैशाख २, २०८३ मा प्रकाशित
0

...

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै
कलिउड न्युज

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana