इटहरी/ सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको नेपाली कथानक फिल्म ‘पीआर’को ट्रेलर सार्वजनिक गरिएको छ । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो फिल्म यही मङ्सिर २६ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने पक्का भएको छ । पछिल्लो समय नेपाली समाजमा व्याप्त वैदेशिक रोजगारीको मोह र विदेशमा स्थायी बसोबास (पीआर) को लागि युवापुस्ताले गर्ने सङ्घर्षलाई फिल्मको मुख्य विषयवस्तु बनाइएको छ ।
सार्वजनिक ट्रेलरमा विदेश जाने सपना, त्यसका लागि गरिने दौडधुप र पारिवारिक उतारचढावलाई देखाइएको छ । गणेश बुढाथोकीको लेखन रहेको फिल्ममा नयाँ तथा पुराना कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मको मुख्य भूमिकामा सुरज पौडेल, बिनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, नविन घायल र मस्तानी रहेका छन् । हेर्नुस् ट्रेलर ।
यी पात्रहरू मार्फत निर्देशक बस्नेतले परदेशको सपना र स्वदेशको यथार्थलाई जोड्ने प्रयास गरेका छन् । लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेको यस फिल्मको प्राविधिक पक्ष पनि बलियो बनाइएको निर्माण पक्षले जनाएको छ । फिल्मको छायाङ्कन सौरभ लामा र सौरभ सयामीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका छन् । फिल्ममा मानस राज र भीम बिसीको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
@parikalanewsofficial
मुकेश शाहले साउन्ड डिजाइन गरेको फिल्ममा प्रमोद परियारको पृष्ठभूमि सङ्गीत सुन्न सकिन्छ । यो फिल्मको पोष्ट प्रोडक्सनको काम मुभी पोइन्टमा गरिएको हो भने फिल्मको कलर ग्रेडिङ राजेन्द्र मोक्तान र भीएफएक्स मनोज श्रेष्ठले गरेका छन् । केवल मान सिंह बस्नेतले निर्माण व्यवस्थापन सम्हालेको यस फिल्ममा रामजी राउत मुख्य सहायक निर्देशकको रूपमा रहेका छन् । ‘पीआर’ले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास निर्माण टिमले लिएको छ ।















Discussion about this post