Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

इटहरी/ ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथा पस्किएर दर्शकको मन जितेका निर्देशक दिनेश राउत पुनः आफ्नो ‘सिग्नेचर जनरा’ अर्थात् लभ स्टोरीमा फर्किएका छन् । पछिल्लो समय सामाजिक कथावस्तुमा केन्द्रित रहेका राउतले निर्देशन गरेको नयाँ फिल्म ‘कुमारी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले भ्यालेन्टाइन डे (प्रणय दिवस) को छेको पारेर आगामी माघ २३ गते लाई फिल्मको प्रदर्शन मिति तय गरेको हो ।

प्रदर्शन मितिको घोषणासँगै फिल्मको पहिलो आधिकारिक गीत ‘कता छौ मेरो फूल’ पनि सार्वजनिक गरिएको छ । यो गीत सार्वजनिक हुनुअघि नै चर्चामा थियो । केही समयअघि टुँडिखेलमा आयोजित एक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले लाइभ प्रस्तुति दिँदा यो गीतले ठुलो हाइप बटुलेको थियो । विशेष गरी टिकटक र युट्युबमा ‘जेन-जी’ पुस्ताबिच लोकप्रिय बनेको यो गीतलाई अब आधिकारिक भिडियोसहित रिलिज गरिएको छ । हेर्नुस् भिडियो ।

फिल्ममा जम्मा ४ वटा गीत रहने छन्, जसमा केहर सिंहकै स्वर सुन्न सकिनेछ । यो फिल्म ‘कुमारी’ मार्फत नेपाली फिल्म क्षेत्रमा नयाँ जोडीको उदय हुँदैछ । मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभण्डारीले यसै फिल्मबाट डेब्यु गर्दैछन् । उनीहरूका अलावा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा लगायतका कलाकारहरूको अभिनय फिल्ममा रहनेछ ।

@parikalanewsofficial

निर्देशक राउतका अनुसार ‘पुजार सार्की’ भन्दा अघि नै यसको काम सुरु भए पनि विविध कारणले अहिले दर्शकमाझ आउन लागेको हो । विकास सुवेदीको पटकथा रहेको यस फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् भने केदार भुसाल कार्यकारी निर्माता हुन् । विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको ब्यानरमा बनेको फिल्मको प्राविधिक पक्ष पनि बलियो देखिन्छ ।

छायाङ्कनमा सुसन प्रजापति, सम्पादन/रङ्ग संयोजनमा सुप्रिम पराजुली, साउन्ड डिजाइनमा उत्तम न्यौपाने रहेका छन् । यस्तै फिल्मको कोरियोग्राफी किरण थापा र शिशिर खातीले गरेका हुन् भने प्रोडक्सन डिजाइनर आशिका शर्मा रहेका छन् । फिल्मको डिजिटल अधिकार केन्द्र मोशन पिक्चर्सले लिएको छ भने हल वितरणको जिम्मा काठमाडौँमा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले पाएका छन् ।

अगाडिकाे पाेस्ट

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

अर्काे पाेस्ट

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana