Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

इटहरी/ कक्षाकोठामा ‘फर्स्ट’ हुनैपर्ने दबाब र यसले विद्यार्थीमा पार्ने गहिरो मनोवैज्ञानिक असरको कथा बोकेको फिल्म ‘रोल नंं. १’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ । दुई साता लामो सघन कार्यशाला पश्चात निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो । यो फिल्म केवल मनोरञ्जन मात्र नभई एउटा गम्भीर सामाजिक मुद्दामा आधारित रहेको छ ।

निर्माता विनोद पौडेलका अनुसार, फिल्मले समाजमा व्याप्त ‘भ्रम र कथित सामाजिक प्रतिष्ठा’ को पर्दा उघार्ने प्रयास गर्नेछ । विशेषगरी, “कक्षामा जो प्रथम (फर्स्ट) हुन्छ उही विद्वान हो र अरू सबै मुर्ख हुन्” भन्ने परम्परागत भाष्यले विद्यार्थीहरूमा सिर्जना गर्ने मानसिक तनावलाई फिल्मले सुक्ष्म ढंगले प्रस्तुत गर्नेछ ।

केही समयअघि सार्वजनिक गरिएको फिल्मको फस्टलुक पोस्टरमा पनि यही मनोविज्ञान झल्कने गरी कक्षाकोठामा हात उठाइरहेको एक बालक र निलो सर्ट लगाएका विद्यार्थीहरूको भीड देखाइएको थियो । जोन योञ्जनको लेखन तथा निर्देशन रहेको यस फिल्ममा सशक्त कलाकारहरूको अभिनय देख्न पाइनेछ । फिल्मको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल, निर्भिक रेग्मी लगायत कलाकारको रहेका छन् ।

@parikalanewsofficial

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको छायांकन तालिका करिब डेढ महिनाको रहेको छ । फिल्मको प्राविधिक र निर्माण पक्ष पनि बलियो बनाइएको छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । यस्तै पटकथा/संवाद महेश दवाडी, छायांकन शिवराम श्रेष्ठ, संगीत प्रशान्त शिवाकोटी र सम्पादन मदन घिमिरेको रहनेछ ।

यसबाहेक फिल्मको चिफ एडीमा फिरोड खड्का, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेडमा मनोज जोशी रहेका छन् । यही फिल्मको छायांकन सुरु हुँदै गर्दा, निर्माता विनोद पौडेलको निर्माण रहेको अर्को प्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ भने प्रदर्शनको तयारीमा छ । उक्त फिल्म यही मंसिर १८ गतेबाट देश तथा विदेशमा एकसाथ दर्शकमाझ प्रदर्शनमा आउँदैछ ।

अगाडिकाे पाेस्ट

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

अर्काे पाेस्ट

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana