Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

इटहरी/ नेपाली बक्स अफिसमा ऐतिहासिक रेकर्ड कायम गरेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को ह्याङओभर नसकिँदै सोही निर्माताको लगानी रहेको अर्को बहुप्रतिक्षित फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ दर्शकमाझ आउन अब धेरै समय छैन । लामो समयदेखिको पखाईलाई चिर्दै यही मंसिर १८ गते (बिहीबार) देखि यो फिल्म नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ । केही हलहरुले यो फिल्मको बुकिङ खुलाइसकेको छ ।

विशेष कुरा त के छ भने, यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकसाथ रिलिज हुँदैछ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको र सुशान्त गौतमले निर्देशन गरेको यस फिल्मले रिलिज अगावै दर्शकमा कौतुहलता जगाएको छ । अहिलेको समयमा दर्शकको रोजाइमा किन ‘अभिमन्यु’ पर्न सक्छ ? यसका ५ बलिया आधारहरू यस्ता छन् :

१. कामेश्वर चौरसियाको ‘डेब्यु’ लिड :
नेपाली फिल्म क्षेत्रमा दुई दशक बिताइसकेका अभिनेता कामेश्वर चौरसियालाई दर्शकले प्रायः सहायक वा क्यारेक्टर आर्टिस्टको रूपमा मात्र देखेका छन् । ‘अभिमन्यु’ मार्फत उनले पहिलो पटक ‘सोलो लिड’ (मुख्य अभिनेता) को जिम्मेवारी पाएका छन् । २० वर्षको अनुभव र संघर्षपछि काँधमा आएको यो जिम्मेवारीलाई न्याय गर्न उनले कडा मेहनत गरेका छन्, जुन उनका लागि आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर हो ।

२. लक्ष्मी बर्देवाको अग्निपरीक्षा :
अभिनेत्री लक्ष्मी बर्देवाका लागि पनि यो फिल्म विशेष छ । यसअघि उनले मुख्य भूमिका निर्वाह गरेका चारवटा फिल्म निर्माण भएर पनि रिलिज हुन सकेका थिएनन् । प्रदर्शनको हिसाबले ‘सोलो लिड’ मा आउन लागेको यो उनको पहिलो फिल्म हो । त्यसैले लक्ष्मीलाई मुख्य भूमिकामा पर्दामा हेर्ने दर्शकको चाहना यसपटक पूरा हुनेछ ।

@parikalanewsofficial

३. निर्माताको ट्र्याक रेकर्ड :
यो फिल्म तिनै निर्माताले बनाएका हुन्, जसले ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत नेपालमा मात्रै करिब ४७ करोडको ऐतिहासिक ग्रस कलेक्सनको रेकर्ड बनाए । बक्स अफिसमा जादु चलाउन माहिर मानिएको यो टिमको अर्को प्रोजेक्ट कस्तो होला भन्ने उत्सुकता आम दर्शकमा छ । सफल ब्यानरको दोस्रो प्रस्तुति भएकाले पनि दर्शकको विश्वास यसमाथि टिकेको छ ।

४. फरक कास्टिङ र निर्माताको ‘रिस्क’ :
निर्माता विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ मा जस्तै यसमा पनि ‘स्टारडम’ भन्दा ‘कलाकारिता’ लाई विश्वास गरेका छन् । अरूले लिड रोलमा आँट नगरेका कलाकारलाई लिएर उनले फेरि अर्को जोखिम मोलेका छन् । पहिलो फिल्ममा उनको यो फर्मुला सफल भइसकेकोले, ‘अभिमन्यु’ मा उनले देखेको सबल पक्ष के हो ? त्यो थाहा पाउन पनि हलसम्म जानुपर्ने हुन्छ ।

५. तराईको कथा र परिवेश :
फिल्मले मधेसी मूलका मुख्य पात्र र भोजपुरी फ्लेबरको गीत–संगीत समेटेको छ । यसले तराई–मधेसको कथा वाचन गर्ने संकेत गरेको छ । मधेसको सेटिङमा कस्तो कथा बुनिएको छ भन्ने कुराले पनि फिल्मलाई हेर्न लायक बनाएको छ ।

मुकेश खनालको लेखन र मदन थापाको क्रिएटिभ निर्देशन रहेको फिल्ममा कामेश्वर र लक्ष्मीका अलावा सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको यस फिल्मको लाइन प्रोड्युसर जीवन शाक्य हुन् । प्राविधिक पक्षमा शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन रहेको छ । यो फिल्म नेपालसँगै भारत र विश्व बजारमा पनि एकसाथ प्रदर्शन हुनेछ ।

अगाडिकाे पाेस्ट

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

जेन्जी आन्दोलनको कथा बोल्ने फिल्म ‘बिगुल’को फस्टलुक सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana