Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा आइतबारबाट ३ दिने नाटक महोत्सव, भारत र कोशी प्रदेशका ४ नाटक मञ्चन गरिँदै

✍ सुवास संकल्प
कार्तिक १८, २०८० मा प्रकाशित
इटहरीमा आइतबारबाट ३ दिने नाटक महोत्सव, भारत र कोशी प्रदेशका ४ नाटक मञ्चन गरिँदै

इटहरी/ पछिल्लो समय रङ्गमञ्चका गतिविधिहरु निकै देखिने गरेका छन् । काठमाडौ भन्दा बाहिर पनि बाक्लो रुपमा सकारात्मक प्रतिक्रियासहित नाटक मञ्चन हुनु राम्रो हो । यस्तैमा इटहरीमा अन्तर्देशीय नाटक महोत्सव सुरु भएको छ । भारतका नाट्यकर्मीसंगै कोशी प्रदेशमा रङ्गकर्म गरिरहेका विभिन्न नाट्य समुहहरुले इटहरीमा एकैस्थानमा आ-आफ्नो नाटक मञ्चन गर्ने भएका हुन् । जस्लाई ‘दोस्रो अन्तरदेशीय साझा रंगमञ्च २०८०’ नाम दिइएको छ । महोत्सव सुरुहुनु दुईदिनअघि हिजो शुक्रवार पनि नाटक मञ्चन भएको छ । ‘शत्रु’ नामक उक्त नाटक आज शनिबार समेत दिनको ठिक ३ बजे मञ्चन हुँदैछ ।

इटहरीस्थित तायारिप्ची भवनमा मञ्चन भैरहेको ‘शत्रु’ नाटकलाई एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजना तथा कलालय इटहरीको सहकार्य गरेको छ । विश्वेश्वरप्रसाद कोइरालाको कथा ‘शत्रु’लाई सोनु जयन्तीको परिकल्पनामा सुगम दुलालले नाट्य रूपान्तरण गरेका हुन् । यो नाटकलाई प्रज्वल पराजुलीले निर्देशन गरेका हुन् भने आइतबारबाट सुरुहुने ३ दिने महोत्सवको अन्तिम दिनमा समेत यो नाटक मञ्चन गरिनेछ । कलालय इटहरीले आयोजना गरेको यो नाटक महोत्सव अवधिभरमा कोशी प्रदेशका ३ नाटक र भारतका १ गरि जम्मा ४ ओटा नाटक मञ्चन गरिने भएका छन् ।

आयोजक संस्था कलालयका अध्यक्ष सोनु जयन्तीका अनुसार कार्तिक १९ गते महोत्सवको पहिलो दिन कृष्नगर जीवोनेर एकतान पश्चिम बंगाल, भारत’ नाट्य समूहले ‘एक्टु आगुन दे’ नामक नाटक मञ्चन गर्नेछ । सो दिन साँझ ४ बजे मञ्चन हुने नाटकलाई रोयले निर्देशन गर्नेछन् । यस्तै दमकको कदम थिएटरले महोत्सवको दोश्रो दिन अर्थात कार्तिक २० गते ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नामक नाटक मञ्चन गर्नेछन् । जीवन बरालको निर्देशनमा तयार भएको उक्त नाटक सो दिनको बिहान ९ बजे मञ्चन गरिनेछ भने त्यही दिन साँझ ४ बजे ‘नेता जी’ नामक नाटक ‘आरोहण गुरुकुल, विराटनगर’ले भरत कार्कीले निर्देशनमा मञ्चन गर्नेछ ।

महोत्सवको अन्तिम दिन अर्थात कार्तिक २१ गते समापनको दिन ‘शत्रु’ नामक नाटक पुनः मञ्चन गरिनेछ । सो नाटक बिहान ९ बजे र साँझको ४ बजे मञ्चन गरिने आयोजक संस्थाका अध्यक्ष सोनु जयन्तीले बताए । यसअघि कलालयले नेपाल र भारतका १-१ नाटक मञ्चन गर्दै कोभिड १९ को संक्रमणअघि प्रथम अन्तर्देशीय नाटक मञ्चन गरेको थियो ।

अगाडिकाे पाेस्ट

फागुन २५ मा उपहार: रेखा र मुकुन, पूजा र समर्पणसंगै बेनिशा र तेजको ‘वाह वाह’ डान्स

अर्काे पाेस्ट

अनु शाहको कविता सङ्ग्रह ‘अनुराग’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लोकार्पण

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन
कलिउड न्युज

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

✍ परिकला न्यूज
पुस ४, २०८२ मा प्रकाशित
0

...

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार
कलिउड न्युज

आजबाट ‘महारानीको जात्रा’, उषा रजक र राज न्यौपाने सहित नयाँ अनुहार

✍ परिकला न्यूज
कार्तिक २५, २०८२ मा प्रकाशित
0

...

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

अस्तित्वको खोजीमा चन्द्र: मण्डलामा मञ्चन भइरहेको छ नाटक ‘चन्द्रलाई कसले मार्यो?’

साउन ११, २०८२ मा प्रकाशित
नाजिर र विजयको प्रमुख भूमिकामा नाटक ‘हरि हजुरबा’, पौष ४ देखी प्रदर्शन हुने

नाजिर र विजयको प्रमुख भूमिकामा नाटक ‘हरि हजुरबा’, पौष ४ देखी प्रदर्शन हुने

मंसिर ३०, २०८१ मा प्रकाशित
इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

इटहरीका विक्रमश्री ‘ललितकला हिरक वर्ष व्यक्ति’ सहित ६ विधामा सम्मानित

भदौ १०, २०८१ मा प्रकाशित
तस्वीरमा हेर्नुस् शिल्पीमा मञ्चन भैरहेको ‘ह बिन्दु राम पण्डित’

तस्वीरमा हेर्नुस् शिल्पीमा मञ्चन भैरहेको ‘ह बिन्दु राम पण्डित’

अशोज १३, २०८० मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana