Monday, January 12, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

अनु शाहको कविता सङ्ग्रह ‘अनुराग’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लोकार्पण

✍ परिकला न्यूज
कार्तिक १८, २०८० मा प्रकाशित
अनु शाहको कविता सङ्ग्रह ‘अनुराग’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लोकार्पण

इटहरी/ गीतकार तथा साहित्यकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच शाहको कवितासङ्ग्रह पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो । मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिको आयोजनामा भएको कार्यक्रममा लोकार्पित पुस्तकमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले कृतिको समीक्षा गरेको हो ।

प्रा.दाहालले रुसी कवि पुस्किनको कविताका पंक्तिको चर्चा गर्दै अनुसँग यी पंक्ति मिल्ने सुनाए । उनले साहित्यकार, कलाकार, सम्पदाककर्मी, भाषासेवी, लेखक र संस्कृतिकर्मीलाई राष्ट्रका गहना भनेर सम्बोधन गर्ने प्रचलन रहेको भन्दै आफू यो भनाइमा सहमत नभएको धारणा राखे । उनले भने, ‘कलाकार, साहित्यकार, लेखक, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मी सबै नै राष्ट्रका स्पन्दन हुन् । राष्ट्रलाई बचाउने प्राण हुन् । राष्ट्रका धड्कन हुन्,’ उनले भने, ‘गहना, आभूषण भनेर मन लागे लगाउने, नलागे फुकालेर राख्ने वस्तु जस्तो यी ‘स्पन्दन’ होइनन् । मेरो आग्रह छ लेखक, साहित्यकार, कलाकार, भाषासेवी, सम्पदाकर्मी, संस्कृतिकर्मीलाई आभूषण नभनौं यी स्पन्दन हुन् धुकधुकी हुन् ।’

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गरेका थिए । उनले अनुको स्वास्थ्यलाभको कामना गर्दै आत्म विश्वास सबैभन्दा ठूलो ओखती रहेको अनुभव सुनाए । आफ्नो स्वास्थ्यको अनुभव सुनाउँदै उनले पछिल्ला खोज अनुसन्धानले जटिल रोगहरू पनि निको हुँदै गएको बताए । प्रकाशकका तर्फबाट अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित भएकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताए । उनले अनुलाई सप्राइज दिनका लागि पुस्तक तयार गरेको भए पनि पछि जानकारी गराएको सुनाए । क्यान्सरसँग लडनका लागि अनुलाई यो पुस्तकले थप हौसला मिलेको उनको भनाइ थियो ।

मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं वरिष्ठ अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको सुनाउँदै उनको कविता कृृतिको चर्चा गरेका थिए । कृतिकार अनु शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिएकी थिइन् । उनले सबैले समयमै आफ्नो स्वास्थ्यको जाँच गर्नुपर्ने सुझाब दिएकि थिइन् । कार्यक्रममा रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले श्रीमान् सूर्य चन्द र अनु शाहको जोडिको प्रशंसा गर्दै सूर्यले अनुकरणीय कार्य गरेको बताए । सो अवसरमा मिलापको कभरमा आउने व्यक्तित्वलाई कभर सम्मान पनि अर्पण गरिएको थियो । पूर्वप्रधानमन्त्री ओली, साहित्यकार वसन्त श्रेष्ठ, अनु शाह र सङ्गीतकार दीपक शर्मालाई कभर सम्मान प्रदान गरिएको थियो ।

यस्तै कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट विभूषित गरिएको थियो । यो सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, कलाकार एवं कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा. डिबी राणपाल (एमएपिएचडी), सम्पादक रमेश दाहाल, पत्रकार गीतकार गीता अधिकारीलाई सम्मान गरिएको थियो । यस्तै, माधव खरेल, सुमन वैरागी, व्यवसायीरसमाजसेवी प्रकाश श्रेष्ठ, रश्मिला श्रेष्ठ, राजेश विशुराल, दुर्गा विशुराल, नरेश पाण्डे, निकिता पाण्डे, गायक समाजसेवी लक्षमणश्री, ट्याटु आर्टिस सुमिना श्रेष्ठ, युवा पर्यटन व्यवसायी बालकृष्ण खड्का, व्यवसायी रेशमबहादुर थापा, सौन्दर्यकर्मी रेणु रानामगर, रचना शाक्य, देवी महर्जन, फेशन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिृल कार्की र मानवअधिकारकर्मी राजु बञ्जाडेलाई सम्मानित गरिएको थियो ।

सञ्चारकर्मी सरोज कोइरालाको सहजीकरणमा भएको कार्यक्रममा पूर्वसांसद एवं गायिका कोमल वली, शान्ता चौधरी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्य पत्रकार संघ अध्यक्ष राधेश्याम लेकाली, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, वरिष्ठ अभिनेत्री सर्मिला मल्ल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, विशिष्ट कलाकार लय संग्रौला, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडा, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, चलचित्र कलाकार संघका निर्वतमान अध्यक्ष रविन्द्र खडका, नायक विक्रान्त बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ गायिका देवीका बन्दना, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र संघका वरिष्ठ उपाध्यक्ष गोपालकाजी कायस्थ, संगीतकर्मी संघका अध्यक्ष मिलन मोक्तान, गीतकार संघका पूर्वउपाध्यक्ष भरत बमजन, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, गीतकार निर्देशक गणेश सुवेदीलगायत विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्ति र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

इटहरीमा आइतबारबाट ३ दिने नाटक महोत्सव, भारत र कोशी प्रदेशका ४ नाटक मञ्चन गरिँदै

अर्काे पाेस्ट

जाजरकोटका भुकम्प पिडितहरुलाई अभिनेता पल शाहको ५० हजार सहयोग

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने
साहित्य

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने

✍ परिकला न्यूज
असार २३, २०८१ मा प्रकाशित
0

...

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा
साहित्य

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

✍ परिकला न्यूज
जेष्ठ २७, २०८१ मा प्रकाशित
0

...

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

माघ ९, २०८० मा प्रकाशित
गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

माघ २, २०८० मा प्रकाशित
‘अन्तिम पात’ माथि परिचर्चा

‘अन्तिम पात’ माथि परिचर्चा

माघ १, २०८० मा प्रकाशित
आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

पुस १७, २०८० मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

सिंहासनमा ‘बादशाह’ शैली: बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको खतरनाक अवतार

पुस २८, २०८२ मा प्रकाशित
‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

‘रिल’ र ‘रियल’ एकैसाथ अस्ताए प्रशान्त, ‘लडाई पहिचानको’ चल्दै गर्दा हलमै छायो सन्नाटा

पुस २८, २०८२ मा प्रकाशित
एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

एकसमयको लोकप्रिय गीत ‘दुधै फाटेसी’ नयाँ भर्सनमा, विष्णु माझी र राजनराजको स्वर

पुस २६, २०८२ मा प्रकाशित
फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

पुस २६, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

पुस २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana