Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘अन्तिम पात’ माथि परिचर्चा

✍ परिकला न्यूज
माघ १, २०८० मा प्रकाशित
‘अन्तिम पात’ माथि परिचर्चा

इटहरी/ र्‍यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ । सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो । कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताए । लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उनको भनाइ थियो ।

पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ तर त्यो छोडेपछि असल मानिस बनेको छु ।’ भन्ने अभिव्यक्ति दिनुले समकालीन राजनीतिप्रतिको चरम नैराश्यलाई सङ्केत गरेको शर्माले बताए । “यो निबन्ध सङ्ग्रहमा सङ्गृहीत प्रत्येक निबन्धले समाज रूपान्तरणका निम्ति गतिलो सन्देश प्रवाह गरिरहेका छन्” उनले भने, “यी निबन्धहरू यथार्थका साक्षी दस्तावेज हुन् भन्दा अतिशयोक्ति हुँदैन ।” विभिन्न कालव्रmममा लेखिएका यी निबन्धहरूले वर्तमान युगको प्रतिनिधित्व गरेका परिचर्चाकार शर्माको धारणा थियो ।

निबन्धकार ढकालले यो कृति वैचारिक र कलात्मक जीवनको एक महत्वपुर्ण दस्तावेज भएको बताए । कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानलाई ‘जुठो टपरी’ को संज्ञा दिँदै समस्या मात्र खडा गरेको, समाधानका कुनै उपाय नदिएको भन्दै सो अवसरमा पाठकले लगाएका आरोपबारे स्पष्टीकरण दिँदै ढकालले प्रज्ञा–प्रतिष्ठान जागिर खाने थलो मात्रै बनेको भन्दै असन्तुष्टि जनाए । प्राज्ञहरूलाई मासिक तलब वा आजीवन भत्ता दिन नहुने तर कामका आधारमा उपयुक्त पारिश्रमिक दिइनुपर्ने तर्क गर्दै ढकालले सदस्य सचिव पनि साहित्यकार नभई साहित्य बुझेको नेपाल सरकारकै सचिव स्तरको कर्मचारी राख्नुपर्ने जिकिर गरे ।

नुसन्धानका क्षेत्रमा प्रशस्त बजेट व्यवस्थापन गर्न पनि उनले सुझाव दिए । उनले आफ्नो अखबारी लेखनका क्रममा पाठकद्वारा रुचाइएका २२ ओटा निबन्ध कृतिमा समेटिएको जानकारी दिए । ढकालका प्रेतकल्प, वृषभ बध, शोकमग्न यात्रीलगायत १९ कृति प्रकाशित छन् । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षता र सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गनेस पौडल, खडानन्द आचार्य, अनुराग अधिकारी, नेपालप्रकाश अधिकारीलगायलते टिप्पणी गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

चिन्नुहोस् ‘रङ्गेली’का ग्याङ्ग्स्टार्स : हालसम्मकै फरक अवतारमा दयाहाङ्ग, अर्पण र मिरुना

अर्काे पाेस्ट

पहिलोपटक फिल्म ‘खुश्मा’मा एकसाथ देखिदै धिरज मगर र उपासना सिंह ठकुरी

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई
इभेन्ट

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

✍ परिकला न्यूज
चैत्र १७, २०८२ मा प्रकाशित
0

...

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने
साहित्य

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने

✍ परिकला न्यूज
असार २३, २०८१ मा प्रकाशित
0

...

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

जेष्ठ २७, २०८१ मा प्रकाशित
सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

माघ ९, २०८० मा प्रकाशित
गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

माघ २, २०८० मा प्रकाशित
आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

पुस १७, २०८० मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana