Wednesday, April 15, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

✍ परिकला न्यूज
जेष्ठ २७, २०८१ मा प्रकाशित
सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ परिचर्चा

इटहरी/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’ लेखेको छ ।”

सुमिनाले उठाएको आवाज समकालीन साहित्य जगत्मा नयाँ पुस्ताको बलियो हस्तक्षेप भएको तानीको भनाइ थियो । भनिन्, “एक महिला कवि जसले आफ्नो स्वतन्त्रताको फिराद मात्र गरेकी छैनन्, समाजका हरेक उत्पीडित वर्गका विषयमा खरो उत्रिएकी छन् ।” सुमिनाको कलमले केवल कविता होइन, नारी मुक्तिको यात्रा लेखेको विचार तानीले राखिन् । कवि सुमिनाले एउटै सङग्रहमा जीवन र जगत्का सबै पक्षलाई अटाउन नसकिने भएकाले आफूले केही वैचारिक कविता मात्र लेख्न सकेको बताइन् । आफ्नो कृति बजारमा आएपछि आएका विभिन्न प्रश्नहरूको जबाफ कवितले नै दिने बताउँदै सुमिनाले वैचारिक धरातल र बुझाइको तहअनुसार कवितालाई बुझ्ने भएकाले पाठकको विचारलाई सम्मान गर्नुपर्ने विचार सुनाइन् ।

प्रगतिशील कविता लेख्ने भन्दैमा प्रेमलाई अस्वीकार गर्न नहुने उनको भनाइ थियो । कृतिभित्रका प्रेमकविताका सन्दर्भमा पाठकले उठाएका प्रश्नको जबाफ दिँदै उनले प्रेमको होइन, प्रेमका नाममा हुने दासत्वको विरोध गर्नुपर्नेमा जोड दिइन् । कवि रमेश श्रेष्ठले विषय जे भए पनि कविता मान्छेकै लागि लेखिनुपर्ने विचार राखे । मान्छेपिच्छेका सोचाइ आआफ्ना हुन सक्ने भएकाले फरक विचारको पनि सम्मान गर्नुपर्ने श्रेष्ठको भनाइ थियो । विश्व कविताका क्षेत्रमा नेपाली कविता कमजोर नभएको तर अनुवादको अभावमा पछि परेको अनुभव श्रेष्ठले सुनाए । कार्यक्रममा सरिता तिवारी, नेपालप्रकाश अधिकारी, विष्णु बाँस्तोला, त्रिवेणी, विमल दाहाल, हसिना बस्नेतलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव दीपक पराजुलीले गरेका थिए । ‘पढौँ र ज्ञान बाँडौँ’ भन्ने मान्यतासहित पठन संस्कृतिको विकासमा २०६७ देखि क्रियाशील सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

अगाडिकाे पाेस्ट

‘पूर्ण बहादुरको सारङ्गी’को सुटिङ सुरु, प्रकाश सपूत र जान्भि पौडेलले दिए पहिलो सट

अर्काे पाेस्ट

प्रियंका र बेनिशा बोल्ड, बाबुल गिरी देखिए प्रियंकासँग रोमाण्टिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई
इभेन्ट

‘मेरो कविता’ पहिलो संस्करणको उपाधि सिक्किमका सोनामलाई

✍ परिकला न्यूज
चैत्र १७, २०८२ मा प्रकाशित
0

...

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने
साहित्य

‘खुल्ला कविता प्रतियोगिता २०८१’को आयोजना, यसरी सहभागी हुन सकिने

✍ परिकला न्यूज
असार २३, २०८१ मा प्रकाशित
0

...

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

माघ ९, २०८० मा प्रकाशित
गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान

माघ २, २०८० मा प्रकाशित
‘अन्तिम पात’ माथि परिचर्चा

‘अन्तिम पात’ माथि परिचर्चा

माघ १, २०८० मा प्रकाशित
आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

आख्यानकार तथा कथाकार सबु सुवेदीले सुरु गरिन् ‘टपिकलेस’ पोडकास्ट

पुस १७, २०८० मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित
‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana