इटहरी/ अभिनेत्री उपसना सिंह ठकुरी र अभिनेता धिरज मगर प्रमुख भुमिकामा रहने गरि फिल्म ‘खुश्मा’को निर्माण घोषणा गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर माघ १ गते यो फिल्मको घोषणा गरिएको हो । खुश्माबाट धिरज र उपासनाले पहिलोपटक एकै स्कृनमा सहकार्य गर्दैछन् ।
यो फिल्मको छायांकन सेड्युल २ चरणको तयारी गरिएको छ । अशोक थापा मगरले निर्देशन गर्ने यो फिल्मलाई बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकीले निर्माण गर्नेछन् ।
खुश्मामा धिरज र उपासनाको अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको समेत अभिनय रहनेछ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्देशक मगरले ९ ओटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार हात पारिसकेका छन् । प्रेम कथा बोल्ने खुश्मलाई दिपक बज्राचार्यले छायांकन गर्नेछन् ।
Discussion about this post