इटहरी/ शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भुकम्पको धक्काले ठूलो जनधनको क्षती भएको छ । उक्त क्षतिमा मह्लम लगाउन यतिबेला सरकार, राजनैतिक दल, विभिन्न संघ संस्था तथा ब्यक्तिहरु जुटिरहेका छन् । यस्तैमा अभिनेता पल शाहले पनि आर्थिक सहयोग गरेका छन् ।
उनले यसअघि पनि सहकार्य गर्दै आएको ‘हाम्रो टिम नेपाल’नामक सामाजिक संस्थालाई नगद ५० हजार सहयोग गरेका छन् । उनले सामाजिक संजालमा एक पोस्ट गर्दै यो कुराको जानकारी गराएका हुन् । अत्यावश्यक सामग्री सहित सहयोग गर्न हाम्रो टिम नेपाल स्वास्थ्य टाेलि सहित जाजरकोट जाने तयारीमा छ । त्यही मौकामा पलले यो सहयोग गरेका हुन् । उनले सहयोग पस्चात यस्तो लेखेका छन् :
“जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भाैतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालकाे मार्फत सहयोग गरेको छु । हाम्रो टिम राहत र स्वास्थ्य टाेलि सहित जाजरकोट जाँदैछ।धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनकाे ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटाे उद्वार गर्ने सम्बन्धि निकाएलाई अनुरोध गर्दै याे दुखकाे घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोध गर्दछु ।”
भुकम्पबाट हालसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते र रुकुम पश्चिममा ३६ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् । भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ भने जम्मा १४० जना घाइते भएका छन् । अन्यको भने खोजिकार्य भैरहेको छ । भुकम्पमा परि नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ ।
Discussion about this post