Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

✍ परिकला न्यूज
पुस ४, २०८२ मा प्रकाशित
दमक, इटहरी र झुम्कामा ‘स्याडो पपेट्री’ शैलीमा ‘खरायो र कछुवा’ नाटक प्रदर्शन

इटहरी/ बाल्यकालदेखि हामीले सुन्दै आएको ‘खरायो र कछुवा’को दौडको कथालाई नितान्त नयाँ शैली र सन्देशसहित कोशी प्रदेशका विद्यालयहरूमा प्रदर्शन गरिएको छ । एक थिएटर नेपालको प्रस्तुति र कलालय इटहरीको सहकार्यमा तयार पारिएको यो नाटकले परम्परागत हार–जितको कथालाई बदल्दै ‘सहकार्य’ को नयाँ भाष्य निर्माण गरेको छ ।

दमकमा २५ सयभन्दा बढी विद्यार्थीले हेरिसकेको यो नाटक अहिले सुनसरीको इटहरी क्षेत्रमा प्रदर्शन भइरहेको छ । इटहरीका सुस्मा सेकेन्डरी स्कुल, भृकुटी स्कुल, बुल्मिङ किन्डर गार्डेन, हाम्रो बोर्डिङ स्कुल र क्रिस्टल एकेडेमी लगायत झुम्काको नमुना सामुदायिक विद्यालयमा नाटक प्रदर्शन भइसकेको छ । साथै, भोलि विद्या आरम्भ स्कुलमा देखाइने तय भएको छ । विद्यालयबाहेक इटहरीका विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूले पनि यो नाटक अवलोकन गरेका छन् ।

यस नाटकले खरायो र कछुवालाई केवल प्रतिस्पर्धीको रूपमा मात्र उभ्याएको छैन । कथाको सुरुवातमा अहंकार र आत्मविश्वासको द्वन्द्व देखिए पनि अन्त्यमा उनीहरूले एक–अर्कालाई हराउनु भन्दा साथ लिएर अघि बढ्नु नै दीर्घकालीन सफलता हो भन्ने बोध गर्छन् । समाज, राजनीति र नेतृत्वमा देखिने अस्वस्थ प्रतिस्पर्धालाई व्यंग्य गर्दै नाटकले ‘व्यक्तिगत जितभन्दा सामूहिक सफलता ठूलो हो’ भन्ने सन्देश दिएको छ । यसलाई सामाजिक रूपान्तरणको एक सशक्त रूपकका रूपमा प्रस्तुत गरिएको छ ।

@parikalanewsofficial

नाटकको अर्को मुख्य आकर्षण यसको प्रस्तुति शैली ‘स्याडो पपेट्री’ (छाया कठपुतली) हो । प्रकाश, छाया, कागज र कार्डबोर्डका कठपुतली प्रयोग गरी पर्दा पछाडिबाट देखाइने यो कलाले विद्यार्थीहरूलाई फरक अनुभव दिएको छ ।
नाटकमा दृश्य, ध्वनि, ताल र शारीरिक संकेतको प्रयोग गरिने हुँदा यसले विद्यार्थीको कल्पनाशक्ति र विश्लेषण क्षमता बढाउन मद्दत पुर्‍याएको छ । यो विधि परम्परागत शिक्षणभन्दा प्रभावकारी र मनोरञ्जनात्मक रहेको आयोजकको दाबी छ ।

अनिल सुब्बाको निर्देशनमा तयार भएको यस नाटकका निर्देशक अनिल सुब्बा हुन् भने कलाकारहरूमा सौजन सेनेहाङ्ग, शिशिर गिरि, सन्जित थुलुङ, आकाश सुहाङ लिम्बू, नुमा राई र रमिता राई रहेका छन् । नाटकको संगीत पक्ष प्रकृति राईले सम्हालेकी छन् । यस्तै व्यवस्थापन टिममा हिमाल निरौला, विकास श्रेष्ठ, डेभिड बिष्ट, निशान राई, ललिता विश्वकर्मा र सिपि राई रहेका छन् । यो नाटकले विद्यार्थीहरूमा धैर्य, अनुशासन र सहकार्यको भावना विकास गराउँदै, समाजमा एकता र सहिष्णुताको सन्देश प्रवाह गरेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘नाक्छोङ’ ट्रेलर: पिताको ‘आत्मा’ मुक्तिका लागि छोराको अग्निपरीक्षा

अर्काे पाेस्ट

‘पेन्सन पट्टा’को छायांकन सुरु, फिल्ममा दयाहाङसहित कलाकारको जम्बो टोली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने
कलिउड न्युज

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

‘बोक्सीको घर’को अपार सफलतापछि केकीले भदौ १९ मा ‘स्टेशन’ लिएर आउने

बैशाख २, २०८३ मा प्रकाशित
दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana