Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बिराटनगरकि मनिषाले जितिन् पाँचौ ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को उपाधि

✍ परिकला न्यूज
बैशाख १, २०८० मा प्रकाशित
बिराटनगरकि मनिषाले जितिन् पाँचौ ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को उपाधि

इटहरी/ रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले नाचघरमा मंगलबार बेलुका आयोजना ब्युटिसियन ट्यालेन्ट नेपाल २०२३ सिजन पाँचको उपाधि बिराटनगरकी मनिषा श्रेष्ठले जितेकी छिन् । उनले आफ्ना १८ प्रतिस्पर्धीलाई पछि पार्दै ट्यालेन्ट ब्युटिसियन सहित शिर्ष उपाधि चुमेकी हुन् । मनिषाले ५० हजार रुपैयाँ, नेशनल अस्पताल र चिरायु टेन्टल केयरको स्वास्थ्य सेवा, आईआईएफटीमा मेकअप आर्टिस्टको रुपमा रोजगारी, म्युजिक भिडियोमा काम गर्ने अबसर, विभिन्न उपहार पनि जितेकी छिन् ।

प्रतियोगिताको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अभिनेता दिक्पाल कार्की, अधिवक्ता होमाकान्त चौलागाई, डा. प्रकाश पौडेल, डा. सरोज लामिछाने, ब्युटिसियनहरु बिमला रिजाल, सुष्मा रावल थिए । गरेको सो प्रतियोगितामा बेष्ट स्माईल सहित फस्ट रनरअपको उपाधि संगीता सुवेदी अधिकारीले, मोस्ट इन्टेलिजेन्ट ब्युटिसियन सहित सेकेन्ड रनरअपको उपाधि श्वेता मगर श्रेष्ठले हाँसिल गरे । सो प्रतियोगितामा रजनी खड्काले मोस्ट लोयल ब्युटिसियन सहित पब्लिक च्वाईस अवार्ड, गोमा खड्काले मल्टि मिडिया, बेष्ट हेयर टेक्निसियन सहित भिवर्स च्वाईसको उपाधि हाँसिल गरिन् ।

रजनी प्रजापतिले मस्ट कन्फिडेन्ट सहित म्यानेजमेन्ट च्वाईस अवार्ड, सरिता गोपालीले बेस्ट मेहेन्दी सहित म्यानेजमेन्ट च्वाईस अवार्ड प्राप्त गरे । यस्तै कविता श्रेष्ठ बेष्ट मेकअप, सँजिना सितिखुले मोस्ट सिभिलिटी, दीपा श्रेष्ठले मोस्ट फेन्ड्ली, संगीता सुवेदी अधिकारीले बेस्ट स्माईल, मन्दिरा श्रेष्ठले बेष्ट डिसिप्लिन, प्रमिला दर्नालले मोस्ट पँचुअल, बिमला श्रेष्ठले मोस्ट बब्ली र अप्सरा कटवालले मस्ट ब्युटिफुलको अवार्ड जिते । यसैगरी पुनम भट्ट साउदले बेस्ट ड्रेस र बेष्ट पर्सनालिटी अवार्ड, प्रनिशा डँगोलले बेष्ट क्याटवाक, भावना ढुँगानाले फोटोजेनिक, मन्जु गोपालीले बेष्ट नेलआर्ट, सुनिता प्रजापति मानन्धरले बेष्ट हेयर स्टाईल (जुरो) अवार्ड जिते ।

यस्तै यो प्रतियोगिताको क्रिएटिभ डिरेक्टरमा परिषी कारँजित, इभेन्ट म्यानेजमेन्टमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०१८की बिजेता सरिता भारती र कार्यक्रम सञ्चालकमा अश्विनी कान्त झा थिए । जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेको प्रतियोगितामा १९ जना प्रतियोगी फाईनलमा पुगेका थिए । कार्यक्रम आयोजक तथा रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितले व्युटिसियनहरुले पनि पार्लरबाट बाहिर निक्लेर केही गर्न सकुन भनेर उनीहरुको व्यक्तित्व विकाशको लागि बिगत ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् । यस्तै आयोजक संस्था विलक्षण क्रियसन प्रा.लिका अध्यक्ष डब्बु क्षत्रीले नेपालमा व्युटिसियनहरु पनि अन्य पेशाका महिला भन्दा कम छैनन भनेर यो प्रतियोगिताले प्रमाणित गर्दै आएको बताए ।

कार्यक्रममा अभिनेत्री गौरी मल्लले यस्ता प्रतियोगिताले मेकअप आर्टिस्ट तथा व्युटिसियनहरुलाई अघि बढ्न प्रेरणा मिलेका छ भनिन् । बरिष्ट ब्युटिसियन डा. राज्यलक्ष्मी श्रेष्ठले नेपालमा ब्युटिसियनहरुले पनि आफुलाई निकै माथि उठाएको बताईन् । कार्यक्रममा गायक भरत सामरी, गायक ओम सुनार गायिक, गायिका बुनु उप्रेतीले आफ्ना गीत र भवना श्रेष्ठले नृत्य प्रस्तुत गरेर कार्यक्रमको रौनक बढाएका थिए । कार्यक्रममा शिक्षा सेवी लिलबहादुर बुढाथोकी (निशान) नेशनल तथा इन्टरनेशनल इभेन्ट डिरेक्टर धिज तन्डुकार, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, फेशन डिजाईनर आर्यन गुरुङ, चलचित्र सम्पादक भरत रेग्मी, इभेन्ट डिरेक्टर प्रकाश जोशी सहित विभिन्न व्युटिसियनहरु सम्मानित भएका थिए ।

अगाडिकाे पाेस्ट

नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

अर्काे पाेस्ट

वैदेशिक रोजगारीको कथा बोल्ने फिल्म ‘हल्कारा’को ट्रेलर सार्वजनिक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार
इभेन्ट

टेलिभिजन रियालिटी शो ‘द र्‍यापर’ले खोज्दैछ नयाँ हिप-हप स्टार

✍ परिकला न्यूज
बैशाख १५, २०८३ मा प्रकाशित
0

...

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक
इभेन्ट

प्रवलदिपको स्वरमा थारु म्युजिक भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

✍ सुवास संकल्प
बैशाख १४, २०८३ मा प्रकाशित
0

...

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ८, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

चैत्र २८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana