Sunday, May 10, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

✍ सुवास संकल्प
बैशाख १, २०८० मा प्रकाशित
नयाँ वर्षमा नयाँ फिल्म: जारी, बिहे पास र बुलाकीमा कुन हेर्ने ?

इटहरी/ नयाँ वर्ष २०८० सुरुवात संगै आज बैशाख १ गतेबाट ३ नेपाली फिल्म एकसाथ सिनेमा घरहरुमा प्रदर्शन सुरु भएको छ । यी ३ फिल्महरु जारी, बिहे पास र बुलाकीका लागी हलमा दर्शकको उत्साह देख्दा वर्ष २०८० सुखद छ । तर, आगामी फिल्मले कस्तो ब्यापार गर्ला भन्ने कुरा त पर्खाई नै हो । देशभरको कुरा गर्ने हो भने फिल्म जारीको आक्रमण व्यापार सुरु भएको छ भने बिहेपासले पनि पछ्याइरहेको छ । यी २ फिल्मको तुलनामा बुलाकी भने पछाडि छ । जारीको आजको प्रायः शो हरु देशभर नै अग्रिम बुकिङ भैसकेको छ ।

जारिको आज हलमा गएर टिकट काटेर हेर्छु भन्नेहरुको लागी अलि सकस नै पर्ने देखिन्छ । यता बिहे पासको अवस्था पनि त्यस्तै छ । बिहे पासको अग्रिम टिकट बुकिङ आक्रमक नभए पनि अहिले भने शोहरु हाउसफुल हुने अवस्थामा पुगेको छ । यता कोशी प्रदेशमा पनि प्रायः सिनेमाघरमा जारी र बिहेपासमै माहौल जमेको देखिन्छ । बिदेशी फिल्म कुनै पनि नभएका कारण नेपाली फिल्मले नयाँ वर्षको सुरुवातमै हालिमुहाली गर्न पाईरहेको छ । तर, जारी र बिहेपास दुबै फिल्ममा अभिनेता दयाहाङ राईको प्रमुख भुमिका रहेको हुनाले उत्साह त्यता देखियो भने बुलाकी भने पछि पर्यो भन्दा फरक नपर्ला ।

यद्यपि आउने दिनमा वर्ड अफ माउथका कारण बुलाकीले पनि राम्रो व्यापार नगर्ला भन्न सकिन्न । फिल्म जारी लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथि निर्माण गरिएको छ भने फिल्म बिहे पास सरकारी अधिकृत पत्नी र सरकारी जागिर पाउन प्रयत्नरत पति र पारिवारिक तनावको बारेमा निर्माण गरिएको छ ।

यस्तै फिल्म बुलाकीमा भने कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । फिल्म बिहेपासमा प्रवेश पौडेलको निर्देशन, दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ । यता सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टको मुख्य भूमिका रहेको फिल्म बुलाकीलाई लक्ष्मण सुनारको निर्देशन गरेका हुन् । उपेन्द्र सुब्बाको निर्देशीत फिल्म जारीमा दयाहाङ राई, मिरुना मगर लगायत कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।

अगाडिकाे पाेस्ट

आजबाट हामी : डिथ्री अनलाइनबाट मनोरञ्जन खबरका लागी परिकला न्युज भएका छौ

अर्काे पाेस्ट

बिराटनगरकि मनिषाले जितिन् पाँचौ ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को उपाधि

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै
कलिउड न्युज

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

✍ परिकला न्यूज
बैशाख २६, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

‘रोल नं १’को लोकगीत ‘म्याग्दी रुमाले’ सार्वजनिक, फिल्म जेठ १५ मा रिलिज हुँदै

बैशाख २६, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana