इटहरी/ भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । लामो समयदेखि प्रेममा रहेका अभिनेत्री परिणिती र सांसद राघवको आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह संस्कार सम्पन्न भएको हो । दुवैको विवाहको तस्वीर पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै परिणिती चोपडाले लेखेकी छन्, ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो ।
लामो समयदेखि यो दिनको प्रतीक्षा थियो । अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं । हामी एकअर्काबिना बाँच्न सक्दैनौं ।’ आइतबार दिउँसो राघव परिवार र साथीभाइसँग विवाहको जन्ती लिएर मण्डपमा पुगेका थिए । जन्ती पुग्दा परिणितीको परिवारका सदस्यले उनलाई उत्साहपूर्वक स्वागत गर्दै पुष्पवृष्टि गरेका थिए । विवाह समारोह सकिएपछि राघव र परिणितीले सँगै फोटोसुट पनि गराए । डिजाइनर ड्रेस मा म्यचिंग ज्वेलरिको साथ सजिएकी परी कुनै परि भन्दा कम देखिएकी छैन् भने राघबले पनि म्यचिंग ड्रेस लाएका छन् ।
त्यसपछि दुवैको विवाहको तस्वीर सार्वजनिक हुन थाले । तस्वीरमा परिणितीले स्याम्पेन कलरको साडी लगाएकी छन् । राघव चड्ढा आइभोरी सुटमा देखिएका छन् । यी दुई तस्वीरमा रोमान्टिक देखिएका छन् । फेसन डिजाइनर मनिष मल्होत्राले यो जोडीका लागि पहिरन डिजाइन गरेका हुन् । उतिकै त हसिली र सुन्दर परिणिती बिबाहको लुक मा अझै खुलेकी छिन् ।
Discussion about this post