इटहरी/ पछिल्लोसमय युवापुस्तामाझ निकै नै लोकप्रिय बनेका गायक द्वय स्वप्न सुमन र समीर श्रेष्ठले संयुक्त गाएको गीत यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ । प्रेमिल गीत ‘जे छौ तिमी’ बोलको गीतको भिडियोमा यी २ गायक नै गितार बजाउदै गाईरहेका छन् । युट्युबमा सार्बजनिक पश्चात् यो गीत टिकटकमा क्षणभरमै भाईरल भएको थियो । यतिबेला युट्युबमा यो गीतको भ्युज केही दिनमै आकाशिएको छ ।
दिनै लाखौ पटक हेरिने यो गीतको भिडियो युट्युबमा सार्वजनिक भएको ५ दिन नपुग्दै झन्डै ३१ लाख पटक हेरिएको छ । यो समाचार तयार गर्दैगर्दा युट्युबको म्युजिक क्याटोगरीको ट्रेन्डिङ १ मा लगातार सार्वजनिकको केही समयदेखि रहिरहेको छ । भिडियोलाई लाईक गर्नेहरुको संख्या २ लाख २३ हजार बढी छन् । हेर्नुस् भिडियो ।
सार्वजनिक भिडियोलाई ७ हजार बढिले भिडियो तथा गीतलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । युवापुस्ता माझ स्वप्न र समीरका प्रायः गीतहरु लोकप्रिय छन्, त्यही लिस्टमा यो गीत पनि थपिएको छ । यो गीतको भिडियो क्लिप तथा अडियो प्रयोग गरेर लाखौ भिडियोहरु पोस्ट भएका छन् । स्वप्न सुमनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत स्वप्नले नै लेखेका हुन् । नयन राईले भिडियो निर्देशन तथा छायांकन गरेका छन् भने अशोक अधिकारीले उक्त भिडियो सम्पादन गरेका हुन् ।
Discussion about this post