Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

कमलमणि नेपाललाई फिल्म ‘बहाव’का दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय

✍ परिकला न्यूज
चैत्र २०, २०७९ मा प्रकाशित
कमलमणि नेपाललाई फिल्म ‘बहाव’का दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय

इटहरी/ अभिनेता कमलमणि नेपाल अभिनयमा उम्दा कलाकार हुन् भन्दा फरक नपर्ला । उनी हरेक चरित्रमा फिट छन् । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा उनले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गरेका छन् । कमलमणिका अनुसार उनले फिल्ममा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गरेका छन् । ‘मेरो चरित्र हरेक परिवार र छरछिमेकमा छ । फिल्ममा पुरानो सोचलाई अगाडि बढाउने र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्र निभाएको छु’, उनी भन्छन् ।

उनको बुझाईमा ‘बहाव’ समाजको यथार्थ कथा हो, जहाँ सबैका आ–आफ्ना विचार र आ–आफ्नो स्वतन्त्रा हुन्छ । ‘केही मान्छे आफ्नो विचार र उद्देश्यका लागि स्वतन्त्र हुन खोज्छन् । तर समाजको परम्परागत मूल्य अनुसार चल्न खोज्ने मानिस पनि उत्तिकै छन्’, कमलमणि भन्छन्, ‘बहावले स्वतन्त्र भएर हिँड्न खोज्ने विचार भएका मान्छेलाई कसरी परम्परागत शैलीमा लैजानुपर्छ भन्ने कुरा उठान गरेको छ । फिल्मले परिवार, छरछिमेक र देशमा अन्तरजातीय विवाहलाई मान्छेले हेर्ने दृष्टिकोण के हो भन्ने कुरालाई नयाँ शैलीमा देखाउने कोशिस गरेको छ ।’ कमलमणिका अनुसार फिल्मले विचारको लडाइँ लड्ने र विचारलाई दबाउने गरी दुई पाटोलाई प्रस्तुत गरेको छ । उनले दुई पाटोबीच कसरी अन्तरद्वन्द्व चल्छ भन्ने दर्शकले फिल्ममा देखाइने बताए ।

कमलमणि निर्देशक प्रमोदको कामबाट प्रभावित रहेछन् । ‘उहाँले मेथड एक्टिङको प्रयोग गर्नुभएको छ । मैले नेपाली फिल्म उद्योगमा यतिका वर्ष काम गर्दा पनि मैले उहाँको शैलीमा काम गरेको थिइनँ’ कमलमणि भन्छन्, ‘चितवनमा वर्कसप गर्दा निर्देशकले हामीलाई खुला छोडिदिनुभएको यिथो । स्क्रिप्टमा जे छ त्यो हुनुपर्छ भन्ने थिएन । आफैंले विश्लेषण गरेर थिम बनाउन सकिन्छ भन्ने निर्देशकको बुझाई थियो ।’ कमलमणिका अनुसार वर्कसपमा उठान भएका राम्रा कुरालाई कलाकारको टिमले सूचीकृत गरेका थिए । उनीहरुले वर्कसपमा जुन दृश्यको तयारी गरेका थिए, सुटिङमा त्यही दृश्यलाई त्यसरी नै प्रस्तुत गरे । ‘हामीले दृश्यमा इम्प्रोभाइज गरेनौं । निर्देशकले जे चाहेको हो, त्यो लिनुहुन्थ्यो । दृश्य लिने मामलामा उहाँ अलिक कडा हुनुहुन्थ्यो’, कमलमणि सम्झन्छन् ।

कमलमणिका लागि ‘बहाव’मा काम गर्दाका दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय बनेको रहेछ । ‘फिल्ममा सुरक्षा र उसको भाईको एउटा दृश्य छ । भाईलाई सुरक्षाले आफ्ना कुरा सुनाएपछि भाईले आएर मलाई त्यो कुरा भन्छ । त्यो अवस्थामा म आक्रोशित हुनुपर्छ’, कमलमणि भन्छन्, ‘तर त्यो आक्रोश ममाथि अनायासै आउँछ । किनकी मैले जे कुरा गर्न चाहेको हुन्छु, त्यो भन्दा म फरक रुपमा प्रस्तुत हुन्छु । त्यो कसरी ममा आयो भन्ने कुरा आफैं छक्क परें ।’

अर्को दृश्यले भने कमलमणिसँगै फिल्ममा क्यामरा पछाडि काम गर्ने प्राविधिकलाई पनि रुवाएको रहेछ । ‘त्यो दृश्यमा म छोरीलाई कति माया गर्छु भन्ने देखाइएको छ । मैले छोरीलाई जति माया गरे पनि उसले मेरो मायालाई नबुझेको र मेरो निर्णयलाई नसुनेको दृश्य छ’, उनी भन्छन्, ‘त्यो यति भावुक दृश्य छ कि अहिले सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । मैले त्यो दृश्यमा अभिनय गरिरहँदा फिल्मका अन्य सदस्यहरु क्यामरा पछाडि बसेर रोइरहनुभएको थियो । त्यो क्षण सम्झँदा म अहिले पनि भावुक हुन्छु ।’ ‘जिज्ञासा, विचार र यथार्थ’ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

अगाडिकाे पाेस्ट

स्वप्न सुमन र समीर श्रेष्ठको ‘जे छौ तिमी’ लाई ५ दिन नपुग्दै ३० लाख

अर्काे पाेस्ट

झन्डै ७ वर्षे मुना-मदन झै माया चैट (भिडियो सहित)

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana