Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एकल साँझमा गुञ्जदै गायक तथा संगीतकार नारायण रायमाझी

✍ परिकला न्यूज
भदौ ६, २०८० मा प्रकाशित
एकल साँझमा गुञ्जदै गायक तथा संगीतकार नारायण रायमाझी

इटहरी/ बरिष्ठ लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्ने भएको हो । नेपाल टेलिकम मुख्य प्रयोजक रहेको एकल साँझको ‘नारायण रायमाझी साँगितिक साँझ–२०८०’ नाम दिइएको छ । कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो । सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो बर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् । ‘हामीले अबदेखि हरेक बर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उदेश्य राखेका छौ । त्यसै अनुरुप यो बर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन् । कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफु छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे ।

‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ’, रायमाझीले भने ‘कताकता डर, कताकता उत्साह लागि रहेछ । म पनि एउटा नयाँ अनुभव गर्दैछु ।’ जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीतसंगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकलसाँझलाई आफुले लिएको उनले सुनाए । ‘जीवनमा धेरै गीत गाइयो । कार्यक्रममा सबै गीत प्रस्तुत गर्न सकिदैन होला । सकेसम्म सबै खालका रंगले भरिएका गीतहरु राख्नेछु’, उनले अगाडि थपे ‘अलिकति भावना, अलिकति संस्कृति बोकेका, सबैको मन छोएका, जीवनमा आफुलाई सन्टुष्टि मिलेका जतिसक्दो धेरै गीत राख्ने कोसिस गर्नेछु ।’ कार्यक्रममा नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले लोक गीतसंगीत राष्ट्रको पहिचान भएका बताउदै लोक गीत संगीतको अग्रज श्रष्ठाको कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए ।

दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा करिब हजारौ दर्शक हुने अपेक्षा आयोजकको छ । प्रज्ञाप्रतिष्ठानको हल भित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिन मार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ । कार्यक्रमको खर्च तिस लाख हुने आयोजकले अनुमान गरेको छ । क्लालिटी साउन्ड सिस्टम सहित उत्कृष्ट तरिकाले आयोजना हुने कार्यक्रमका लागि टिकटको समेत ब्यवस्था गरिनेछ । एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्वोल जंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

पाल्पा जिल्ला साबिकको झडेवा वडा नं. ५ र हाल माथागढी गाउँपालिका वडा नं. ४ देउवीर, गोठादीमा वि.सं. २०२० सालमा जन्मिएका गायक रायमाझी लोक गीत संगीतमै जीवन समर्पण गर्ने ब्यक्ति हुन् । २०४२ सालमा कारगिल (रेलिमै) बाट आफ्नो साँगितिक यात्राको थालनी गरेका रायमाझीका भईफुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, राम्दी पूल तर्ने, गेटमा बेलीजाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैंचो नदेउ साईंली, लाइछौ बेशन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलीदेऊ माया, सान्नानीले झुक्कायो मलाई लगायतका सयौँ लोकप्रिय गीतहरू छन् । रायमाझीले ‘गोर्खा पल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ लगायतको फिल्म पनि निर्माण निर्देशन गरेका छन् । ‘परदेशी २’ प्रदर्शनमा आउन बाँकी रहेको छ ।

अगाडिकाे पाेस्ट

पुष्प श्रेष्ठको संयोजकत्वमा कलाकार संघको कोशी प्रदेश शाखा विस्तार

अर्काे पाेस्ट

अर्पण, सुनिल, निशा लगायत अभिनित सिरिज ‘ब्रह्माण्ड’को ३ भाषामा टिजर रिलिज

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक
कलिउड न्युज

आर्यान र अश्विनी फिचर्ड ८ मिनेट लामो फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज
इभेन्ट

चादनीले पहिरिईन् आठौँ संस्करणको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’को ताज

✍ परिकला न्यूज
चैत्र २९, २०८२ मा प्रकाशित
0

...

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

करोडौं भ्युजसहित लोकप्रिय गीत ‘गुन भुल्यौ’को दोश्रो सिक्वेल ‘साइला दाइ’ सार्वजनिक

चैत्र २२, २०८२ मा प्रकाशित
मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

मैथिली म्युजिक भिडियोमा देखियो टिकटक स्टार धिरु भाइ र मोडल आयुषाको रोमान्टिक अवतार

चैत्र २२, २०८२ मा प्रकाशित
राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

राजेश हमालले रमेश सिप्पीलाई सोधे, ‘सोले फ्लप भएको भए के हुन्थ्यो ?’

चैत्र २१, २०८२ मा प्रकाशित
‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने

चैत्र २०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana