इटहरी/ मिष्टर नेपाल २०२३’ को अन्तिम प्रतिष्पर्धाका लागि २० प्रतियोगी छानिएका छन् । देशभरबाट हजारौ सहभागीबाट पहिलो चरणका लागि ३ सय प्रतियोगी छानिएका थिए । ति ३ सयबाट अन्तिम प्रतिष्पर्धाका लागि उत्कृष्ट २० छानिएका हुन् । छानिएका प्रतियोगीतमा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायत बिभिन्न प्रतिष्ठित पेशामा आवद्ध रहेका छन् । प्रतियोगीतमा छानिएका २० प्रतियोगीमा काठमाण्डौका निमेश कपाली, महेन्द्रनगरका राजन ऐयर, भक्तपुरका असिमलामिछाने, कन्चनपुरका रोहित भाट, भत्तपुरका रोहिम धौभडेल, बिराटनगरका समर्पण कार्की, ललितपुरका लोकेश प्रधानाङ्गा, झापाका रिकेश प्रसाई, चितवनका विजय दुवाडी, गोर्खाका राजीव तिवारी, ललितपुरका अनुभव जोशी, सर्लाहीका आयन राज चौधरी, ललितपुरका मिकाज कार्की, अछामका डायमण्ड ढुंगाना, मोरङ्गका रमननाथ गिरी, पोखराका स्वप्निल अधिकारी, जनकपुरका प्रेमकुमार यादव, पोखराका दिपेन्द्र शाही, काभ्रेका क्रिशल श्रेष्ठ र झापाका प्रविण पाठक रहेका छन् ।
छनौट भएका सबै प्रतियोगी फाइनलस्पर्धाका लागि अब प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । प्रशिक्षणमा स्वमिब, फुटबल, रक क्लाइमिब, समाजसेवा, सर्ट हाइकिबग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिब लगायतका दर्जन बढी विषय समावेश छ । ‘मिष्टर नेपाल’ नेपालमा आयोजना हुने पुरुषहरुको सहभागीता रहने सबैभन्दा प्रतिष्ठित प्रतियोगीता हो । यसको छनौट चरणको अडिसन बिराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो । यो पटक मिष्टर नेपाल ‘न्युलुक मिष्टर नेपाल’को नामबाट आयोजना हुादैछ । प्रयोजक न्युलुक ब्युटिफर लाइफले भएको कारण नामको अगाडि न्युलुक जोडिएको हो ।
१६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागीता रहने प्रतियोगीतामा ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको थियो ।प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् । युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुादै आएको हो । प्रतियोगीताको कोरियोग्राफर प्रशान्त ताम्राकार रहेका छन् ।
Discussion about this post