Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

६ कलाकारलाई ‘सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ उपराष्ट्रपतिद्धारा प्रदान

✍ परिकला न्यूज
असार १३, २०८० मा प्रकाशित
६ कलाकारलाई ‘सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ उपराष्ट्रपतिद्धारा प्रदान

इटहरी/ नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पुर्याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मँगलबार सम्बन्धित कलाकारहरुलाई पुरस्कृत गरेका हुन् । सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएको थियो । प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा ६ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरे ।

यसरी पुरस्कृत हुने श्रष्टामा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नविन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक / ङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन् । यस्तै परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुस्कृत भए । समारोहमा त्यसैगरी रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ रङ्गकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो । सोही समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा.डा. रामचन्द्र पोखरेललाई अर्पण गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो ।

समारोहोलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौदेखि यो क्षेत्रमा सक्रिय रहँदै योगदान पुर्याउँदै आएकोमा खुशी व्यक्त गरे । उनले कार्यक्रममा भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिस्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रुपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरु (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय आदि) लाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’ उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादबले भने,‘प्रतिभाहरुको सम्मानले प्रतिभाहरुलाई सिर्जनाको क्षेत्रमा कर्मशील र क्रियाशील हुने प्रेरणा प्रदान गर्दछ । अग्रज स्रष्टाहरुको सम्मान गर्नु सम्पूर्ण संस्कृति र सिर्जनालाई सम्मान गर्नु हो ।’ यस्तो सम्मान गर्ने परिपाटीले विश्वमा राष्ट्रको सभ्यताको परिचय दिने विश्वास उनले व्यक्त गरे । पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले कला स्थिर तत्व भएको बताउँदैे स्थिर तत्व स्रष्टा कलाकारहरुको माध्यमबाट मात्रै चलायमान हुने भनाई राखिन । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानीत हुने सबैलाई बधाई तथा शुभकामना ब्यक्त गरिन् ।

पुरस्कृत स्रष्टाहरुको प्रतिनिधित्व गर्दै सङ्गीत विधाबाट सम्मानित गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे । नेपाली मौलिक सङ्गीत नृत्य तथा नाटकमा दशकौँ योगदान दिने श्रष्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य बनाउन समेत उनले सुझाब दिए । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुश्मा महराले सहजिकरण गरेकी थिईन् ।समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो ।

प्राज्ञ टीका पुनले नविन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा.डा. रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाएका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरुको उपस्थिति रहेको थियो ।

अगाडिकाे पाेस्ट

ह्याकरको कब्जामा धुर्मुस सुन्तलीको युट्युब च्यानल, एउटा भिडियो घण्टौदेखी लाईभ

अर्काे पाेस्ट

‘मिष्टर नेपाल २०२३’ को लागि देशभरबाट २० युवा फाईनलमा (तस्वीरसहित)

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana